सुचना, समाचार र मनोरन्जन

मनसुनजन्य घटनाको पूर्वतयारीलाई थप प्रभावकारी बनाउँदै लैजान्छौंः गृहमन्त्री लेखक

काठमाडौं /

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो लगाएत मनसुनजन्य घटनाको पूर्वतयारीलाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन्।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उनले दिर्घकालीन रुपमा नै मनसुनजन्य घटनाको पूर्वतयारीलाई बलियो तथा प्रभावकारी बनाउने र यसका लागि राज्यका संयन्त्रहरुलाई थप जिम्मेवार बनाइने बताएका हुन्।

उहाले यस बर्ष अत्याधिक बर्षा हुँदा तुलनात्मक रुपमा यसअघि भन्दा कम क्षति हुनुको कारण पूर्व तयारी रहेको जिकिर गरे।

उनले सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको अध्ययन भइरहेको भन्दै त्यसका सुझावका आधारमा मन्त्रालयले काम गर्ने प्रतिवद्धता जनाए। बिकास गर्दा आधारभूत मापदण्ड पालना नगर्दा भविष्यमा ठूलो क्षति हुने गरेको भन्दै उहाले बिकासका कामको मापदण्डमा छलफलको आवश्यकता रहेको धारणा राखे।

बैठकले बाढी, पहिरो लगाएत मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारवाही तथा सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनाका बिषयमा गृहमन्त्रीसंग छलफल गरेको हो ।

Leave A Reply

Your email address will not be published.