सुचना, समाचार र मनोरन्जन

क्षमता अभिवृद्धि तथा उद्द्घोषण तालिम सम्पन्न

पोखरा /

पोखरा -९, कृष्णटोलमा रहेको “सामाजिक सेवामा युवा समर्पित” भन्ने मुल उद्देश्यका साथ स्थापित श्री कृष्ण युवा क्लबद्वारा आयोजन गरिएको क्षमता तथा अभिवृद्धि उद्द्घोषण तालिम कार्यक्रम सम्पन्न भएको छ।

तालिममा ४७ जान प्रशिक्षार्थीहरु सहभागी भएका थिए । उक्त तालिममा सहभागीलाई वडा न -९ का जनप्रतिनिधि सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि नन्द राम गिरिले प्रमाणपत्र गर्दै क्षमता अभिवृद्धि कार्यक्रमले क्षमता बिकासमा ठूलो भुमिका खेल्ने बताए।

बोल्ने कलाले आफुमा मजबुद बनाउदछ र जिबनको एक अपरिहार्य चिज रहेको पनि उनले बताए। सगै कल्बको पहिलो सुरुवाती कार्य राम्रो रहेको बताए।

उक्त कार्यक्रममा राष्ट्रिय भुमि अधिकार मंच कास्कीका अध्यक्ष प्रेम बहादुर गुरुङले शुभकामना मन्तव्य दिदै तालिमबाट परिवर्तन आउनुसगै शिष्ट र सभ्य भाषामा अनुशासन आउने बताए।

कार्यक्रममा प्रशिक्षार्थीले तालिममा सिकेका र बुझेका कुराहरु राखेका थिए। क्ल्बका अध्यक्ष कृष्ण बिकको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक रूपमा संचारकर्मी अनुराग अधिकारीले दिए भने कार्यक्रम संचालन क्लबका सचिब युवराज गुरुङले गरेका थिए।

Leave A Reply

Your email address will not be published.