सुचना, समाचार र मनोरन्जन
Sarangi

उपमेयर रिजालले एक महिनाको तलब भूकम्प पिडीतलाई दिने

पर्वत/
पर्वतको कुस्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले आफ्नो एक महिनाको तलब भूकम्प पिडीत राहतकोषमा जम्मा गर्ने घोषणा गरेका छन ।

उपमेयर रिजालले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पिडीतहरुको राहत र उद्दारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन ।

भूकम्पबाट पिडीतको राहत र उद्दारमा सहयोग पुगोस भन्ने उद्देश्यले एक महिनाको पारिश्रमीक जम्मा गर्ने निर्णय गरेको रिजालले बताए । शुक्रबार ११.४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पु¥याएको छ । उनले उद्दार र राहतमा सबै लाग्न आब्हान पनि गरेका छन ।

Leave A Reply

Your email address will not be published.