सुचना, समाचार र मनोरन्जन

पाकिस्तानलाई ओलम्पिकमा स्वर्ण पदक दिलाएका अर्शद नदीमलाई भैंसी उपहार

काठमाडौं /

पाकिस्तानले आफ्ना ओलम्पिक स्वर्ण पदक विजेता अर्शद नदीमलाई नगद पुरस्कार र अन्य बहुमूल्य पुरस्कारले पुरस्कृत गर्न सक्छ । तर अहिले भने उनका ससुराले उनलाई दिने उपहारको धेरै चर्चा भइरहेको छ। अर्शद नदीमका ससुराले उनलाई भैंसी उपहार दिने भएका छन् । यस्ता उपहारहरू पाकिस्तानको ग्रामीण क्षेत्रहरूमा परम्पराको हिस्सा हुन्।

एजेन्सीका अनुसार आइतबार गाउँमा स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै अर्शद नदीमका ससुरा मुहम्मद नवाजले भैंसी उपहार दिनु आफ्नो गाउँमा ‘धेरै मूल्यवान्’ र ‘सम्मानजनक’ मानिने बताए। अरशदले पेरिसमा भएको ज्याभलिन थ्रो प्रतियोगितामा ९२.९७ मिटर भाला फालेर ओलम्पिक कीर्तिमान बनाएका थिए । यो प्रतियोगितामा भारतका नीरज चोपडा दोस्रो भएका थिए ।

मुहम्मद नवाजले भने, “नदिमलाई आफ्नो पुर्ख्यौली थलो र परम्परामा धेरै गर्व छ र आफ्नो सफलताको बावजुद उनको घर अझै पनि उनको गाउँमै छ । उनी अझै पनि आफ्ना आमाबुवा र भाइहरूसँग बस्छन्।” अर्शदका ससुराले आफ्ना चार छोरा र तीन छोरी रहेको र कान्छी छोरी आयशाको विवाह नदीमसँग भएको बताए । नवाजका अनुसार अर्शद र आयशाका दुई छोरा र एक छोरी छन्।

पञ्जाबको खानेवालको ग्रामीण इलाकाका अर्शद नदीमसँग तालिम र प्रतियोगिताका लागि विदेश जानको लागि धेरै सीमित स्रोतहरू थिए। सुरुका दिनमा अर्शदले विदेश गएर प्रतियोगितामा भाग लिन सकुन् भनेर उनका गाउँका साथीभाइ र आफन्तले पैसा दिएका थिए । नवाज भन्छन्, ‘जब हामीले छोरीलाई अरशदसँग बिहे गरिदिने निर्णय गरेका थियौं, त्यतिबेला उनी सानातिना जागिर गर्थे । तर उनी आफ्नो खेलकुदमा निकै रुचि राख्थे र घर र मैदानमा लगातार भाला फाल्ने अभ्यास गर्थे ।’

Leave A Reply

Your email address will not be published.