काठमाडौं /
डेंगु ज्वरो निकै खतरनाक मानिन्छ । डेंगुका कारण शरीरमा प्लेटलेट्स कम हुन थाल्छ, जसका कारण कमजोरी हुन्छ । लगातार ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुने । जसका कारण सम्पूर्ण शरीरको अवस्था बिग्रन थाल्छ । डेंगुबाट छिट्टै निको हुन खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
आफ्नो आहारमा भिटामिन सी युक्त फलफूलहरू समावेश गर्नुहोस्। सकेसम्म धेरै पानी पिउनुहोस्। शरीरलाई हाइड्रेटेड राख्नुहोस्। यसले डेंगुबाट छिटो निको हुन मद्दत गर्नेछ र प्लेटलेट्स पनि बढ्न थाल्नेछ। जान्नुहोस् डेंगु रोगीले कुन फलफूल खाने ?
डेंगुमा प्लेटलेट्स बढाउन कुन फलफूल खानुपर्छः
किवी– डेंगुका बिरामीलाई यो खाने सल्लाह दिइन्छ । किवीमा भिटामिन सी पाइन्छ । जसले शरीरलाई संक्रमणसँग लड्न मद्दत गर्छ । यस बाहेक अन्य धेरै पौष्टिक तत्वहरु पाइन्छ जुन डेंगु रोगीहरुका लागि रामबाण साबित हुन्छ । किवीमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले यसलाई पचाउन सजिलो बनाउँछ। किवीले प्लेटलेट्स बढाउन पनि मद्दत गर्छ ।
अनार– डेंगुका बिरामीले अनार खान सक्छन् । अनारमा एन्टिअक्सिडेन्ट पाइन्छ जसले धेरै समस्याबाट बचाउँछ । अनार भिटामिन सी को स्रोत पनि हो। अनार खाँदा शरीरमा रातो रक्त कोशिका बढ्छ । शरीरमा रगत र हेमोग्लोबिन बढाउन अनारलाई फाइदाजनक मानिन्छ । अनार खाँदा थकान र कमजोरी हट्छ ।
मेवा – फाइबरले भरिपूर्ण मेवा डेंगुका बिरामीका लागि पनि फाइदाजनक हुन्छ । मेवामा भिटामिन सी र भिटामिन ए पाइन्छ । मेवाको पातको रस पनि डेंगुमा प्रयोग गरिन्छ। डेंगुका बिरामीले चाँडो निको हुनको लागि मेवा खान सक्छन् ।
स्याउ– डेंगु होस् वा अन्य ज्वरो, स्याउ एउटा यस्तो फल हो जुन तपाईले सजिलै खान सक्नुहुन्छ। स्याउमा आवश्यक भिटामिन र मिनरल्स पाइन्छ जसले ज्वरोबाट छिटो निको हुन्छ । स्याउ फाइबरको राम्रो स्रोत हो जसले पेटलाई पनि स्वस्थ राख्छ।
सुन्तला र अम्बा– डाक्टरहरूले भिटामिन सीले भरपूर फलफूलमध्ये सुन्तला र अम्बा पनि खान सल्लाह दिन्छन्। सुन्तला र अम्बामा फाइबर र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यी फलहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै डेंगुमा प्लेटलेट्स बढाउन मद्दत गर्छ ।