काठमाडौँ/
हिमालय एअरलाइन्सले कुवेतमा फेरि उडान शुरू गर्ने भएको छ । नेपालको एकमात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्सका रूपमा रहेको हिमालय एअरलाइन्सले यही अगस्टको २० तारिखदेखि काठमाण्डौ–कुवेत सिधा उडान गर्ने भएको हो ।
काठमाण्डौ–कुवेत–काठमाण्डौ उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई बलियो बनाउने तथा पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्न सहयोग पुर्याउने एअरलाइन्सले जनाएको छ । सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि एअरलाइन्सले कुवेतका लागि जनरल सेल्स एजेन्ट जीएसएको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ ।
शुरूमा हप्तामा एउटा उडान हुनेछ । हिमालय एअरलाइन्ससँग अहिले चार वटा जहाज रहेका छन् । यो एअरलाइन्सले संयुक्त अरब इमिरेट्स ९यूएई०, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडान सञ्चालन गरिरहेको छ ।