काठमाडौं /
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्री सिंहले ८ जना राज्यमन्त्रीलाई हटाएका हुन्। अब प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्री रहनेछन्। साउन २० मा एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई राज्यमन्त्री नियुक्त गरिएको थियो।
कांग्रेस-एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका सिंहले २० सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए। जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै मुख्यमन्त्री सिंहलाई जनमत पार्टीका अध्यक्ष डा।सीके राउतले स्पष्टीकरण सोधेका थिए।
कांग्रेस र एमालेलाई पनि समेटेर राज्यमन्त्री थपेपनि सत्ता साझेदार दलहरु असन्तुष्ट थिए। कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले त सार्वजनिक रुपमा नै सिंहको आलोचन गर्दै आएका थिए। राज्यमन्त्रीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखसमक्ष पत्र पनि पठाइसकिएको छ।