सुचना, समाचार र मनोरन्जन
Sarangi

सांसद पौडेलले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

काठमाडौँ/

प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब दिने भएका छन् ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मा गएको ६।४ म्याग्निच्यूडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको छ । भूकम्पमा परी कैयौं नागरिकले ज्यान गुमाएका छन्, सैयौं घाइते भएका छन् ।

‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्‍याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउँन र पुनस्र्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु’ सांसद पौडेलले भनेका छन् ।

Leave A Reply

Your email address will not be published.