सुचना, समाचार र मनोरन्जन

गण्डकीमा उद्यमी महिलाको सशक्तीकरणका लागि अभिमुखीकरण कार्यक्रम

पोखरा/

महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको वुमन एक्ट नेपालले गण्डकी प्रदेशका महिला उद्यमीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।

नेपालका सीमान्तकृत र जोखिममा परेको महिला तथा बालबालिकाको आर्थिक सवलीकरण परियोजना अन्तरगत गण्डकी प्रदेशका महिला उद्यमीको सशक्तीकरण गर्न, उद्यमका लागि सहजीकरण गर्न अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले महिलालाई उद्यमी बनाउनतर्फ अबको बाटो हुनुपर्ने बताउँदै यसले महिलालाई आत्मनिर्भर बनाउने बताए । उनले आफू पनि उद्यमी पृष्ठभूमिबाट आएकै कारण उद्यमीहरूको समस्या बुझ्ने बताए ।

वुमन एक्टकी कार्यकारी अध्यक्ष सिर्जजना अधिकारीले आर्थिक उपार्जनका लागि ससाना व्यवसाय गरिरहेका महिला उद्यमीले व्यवसाय दर्ता नगरिदिँदा सरकारबाट प्राप्त हुनसक्ने आर्थिक सहयोग, कार्यक्रम, सूचनाबाट वञ्चित भइरहेको सुनाइन् । यसप्रति महिला उद्यमीलाई सशक्त बनाउने कार्यका लागि परियोजना अघि बढिरहेको उनले जनाइन् ।

भेलाले पोखरा महानगर, माछापुच्छे« गाउँपालिका र हुप्सेकोट गाउँपालिकाका महिला उद्यमी सम्मेलित ५ सदस्य प्रदेशस्तरीय महिला उद्यमीको सामुदायिक अभ्यास सञ्जालसमेत गठन गरेको छ । सञ्जालको सयोंजकमा उर्मिला वि.क. उप संयोजकमा रेवती सारु, सचिवमा तुलसी अधिकारी, सदस्यमा यशोदा लम्साल र पुष्पा गुरुङ छन् ।

सञ्जालले स्थानीय, प्रदेशस्तरमा समन्वय गरी उद्यमी महिलाको हकहितमा वकालत गर्ने वुमन एक्टका टिम लिडर प्रकाश अधिकारीले बताए । वुमन एक्टले बाग्मती, गण्डकी, मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका २५ स्थानीय तहमा परियोजना सञ्चालन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.