पोखरा/
“नेपाल फेशनिस्टा २०२४” सम्पन्न भएको छ। ASAP इन्टरटेनमेन्टको आयोजनामा आइतबार लेकसाइडको टीका रिसोर्टमा कार्यक्रम गरिएको हो ।
कार्यक्रम नेपालमा फेशनका क्षेत्रमा महत्वपूर्ण मानिन्छ। ASAP इन्टरेनमेन्टले नेपाली फेसनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउदै आएको छ।
पहिलो सिजन २०१९ मा अष्ट्रेलियाको सिड्नीस्थित मराना अडिटोरियममा सफलतापूर्वक सम्पन्न भएको थियो। कार्यक्रमले नेपाली डिजाइनर, मोडल र फेसनप्रेमीहरूलाई विश्वमञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
ASAP इन्टरटेनमेन्ट फिल्म निर्माणमा पनि सक्रिय छ, जसको पुष्टि म्यानेजर प्रतिमा थापाले परिचय सँगको विशेष कुराकानीमा गरेकी छिन्।
नेपाल फेशनिस्टा २०२४ ले नेपाली फेसनको पहिचानलाई थप उच्च बनाउन र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।