सुचना, समाचार र मनोरन्जन

नेपालले हालसम्मै उच्च १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिटेन्स भित्र्यायो

काठमाडौँ/

नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको वार्षिक वित्तीय रिपोर्ट अनुसार नेपालले हालसम्मै उच्च १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिटेन्स भित्र्याउन सफल भएको छ । जुन अघिल्लो वर्ष तुलनामा २३.२ प्रतिशतले बढी हो ।

२०८१ असार मसान्तसम्म रेमिटेन्स शीर्षकमा ६ अर्ब ६९ करोड ७० लाख रुपैयाँ बाहिरिएको राष्ट्र बैङ्कले जनाएको छ । समीक्षा वर्षमा २३ प्रतिशत बढी रेमिटेन्स भित्रिँदै गर्दा सोही शीर्षकमा निर्यात भने ८.५६ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ ।

आर्थिक वर्ष २०८० असार मसान्तसम्ममा नेपालबाट ६ अर्ब ६१ करोड २० लाख रुपैयाँ बाहिरिएको थियो । त्यसो त पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा नेपालबाट रेमिट्यान्सको रूपमा बाहिरिने पैसा घट्दो क्रममा रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बाहिरिएकोमा पछिल्लो दुई वर्षमा यस्तो रेमिटेन्स निर्यात क्रमशः ६ अर्ब ६१ करोड र ६ अर्ब ६ करोडमा झरेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

Leave A Reply

Your email address will not be published.