सुचना, समाचार र मनोरन्जन

सरकार रोजगारीसहितको विकासको पक्षमा छ : अर्थमन्त्री पौडेल

काठमाडौ/

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकार रोजगारीसहितको विकासको पक्षमा रहेको बताएका छन ।

काठमाण्डौमा आज बिहान भएको विकासका लागि वित्तसम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले युवा श्रम शक्तिलाई बजारको माग अनुकूल स्वदेशमै रोजगार वा स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयासरत रहेको बताए  ।

साथै उहाँले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताउनुभयो । उहाँले कुल गार्हस्थ्य उत्पादनका तुलनामा राजश्वको अनुपात तुलनात्मक रूपमा राम्रो देखिए पनि यसलाई दिगो बनाउनुपर्ने चुनौती रहेको बताए।

सार्वजनिक ऋणको भार बढ्दै गएकाले विकासका लागि स्राेतको जोहो निकै चुनौतीपूर्ण बनेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.