सुचना, समाचार र मनोरन्जन

साउनमा ५७ हजार टन रासायनिक मल आयात, ५५ हजार आउँदै

काठमाडौँ/

सरकारले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो महिना साउनमा ५७ हजार ९२५ टन रासायनिक मल आयात गरेको छ ।

कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडबाट सो परिमाणमा युरिया र डीएपी मल आयात भएको हो ।

कृषि सामग्री लिमिटेडले ३८ हजार ४६२ टन युरिया, १३ हजार ६८४ टन डीएपी आयात गरेको छ । साल्ट ट्रेडिङ कम्पनीले भने ५ हजार ७७८ टन युरिया आयात गरेको हो । चालु आवमा पोटास मल भने आयात भएको छैन ।

दुवै कम्पनीले थप मल ल्याउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङले २५ हजार टन र कृषि सामग्रीले ३० हजार टन युरिया मल नेपाल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वार्षिक ५ लाख ५० हजार टन रासायनिक मल भित्र्याउने लक्ष्य रोखेको छ ।

Leave A Reply

Your email address will not be published.