सुचना, समाचार र मनोरन्जन

पोखरा १२ मा डेंगु परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

पोखरा/

पोखरा महानगरपालिका १२ नं. वडा कार्यालय, लायन्स क्लब अफ पोखरा आदर्श चौतारी र लियो क्लब अफ पोखरा आदर्श चौतारीको संयुक्त आयोजनामा निःशुल्क डेंगु रोग परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

१२ नं. वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले जनचेतना नै डेंगु रोगको मुख्य उपचार भएकोले घर परिवार र समाज नै सचेत हुन आग्रह गरे ।

क्लबका अध्यक्ष सूर्यप्रसाद पोखरेलको अध्यक्षता भएको कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपाली लगायतले शुभकामना व्यक्त गरेका थिए ।

स्थानीय आमा समूह, टोलविकास संस्थाका प्रतिनिधि, स्वास्थ्य स्वयम् सेविका, सामुदायिक सेवा केन्द्र माटेपानी, क्लब र लियो क्लबहरूको उपस्थितिमा जनचेतना स्वरूप प्रभातफेरि गरिनुका साथै शंकास्पद लागेका करिब बीस जनाको रक्त परीक्षण गरिएको थियो ।

जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सहजीकरण गरेको कार्यक्रममा द्वितीय उपाध्यक्ष भगवान श्रेष्ठले स्वागत मन्तव्य, निर्वतमान अध्यक्ष दामोदर आचार्यले धन्यवाद ज्ञापन र वडा सचिव शारदा सापकोटाले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

Leave A Reply

Your email address will not be published.