काठमाडौँ/
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । भदौ ११ गतेसम्म बस्ने चल्ने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने जनाइएको छ ।
केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका तीनवटा एजेन्डा तय भएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।
सो पार्टीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ ।