सुचना, समाचार र मनोरन्जन

भगवान श्रीकृष्णलाई मनपर्ने यी ५ रङ

काठमाडौँ/

सोमबार देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । यस पर्वमा भगवान कृष्णको बाल स्वरूपको पूजा गरिन्छ ।

भगवान कृष्ण भगवान विष्णुको आठौँ अवतार हुन्, जसले धर्मको स्थापना गर्न अवतार लिनुपरेको थियो। हिन्दु धर्ममा यो पर्व निकै विशेष छ । यस दिन श्रीकृष्णको मनपर्ने परिकार बनाइन्छ र माखनको भाँडो फोडिन्छ। भक्तजनहरूले आफ्नो मनपर्ने रङको परम्परागत लुगा लगाउँछन्। यहाँ श्रीकृष्णलाई धेरै मन पर्ने ५ रङको चर्चा गरिएको छ ।

सबै रङको आ(आफ्नै महत्त्व हुन्छ तर केही रङहरूमा धेरै सकारात्मक ऊर्जा हुन्छ। जन्माष्टमीमा मात्रै होइन, आफूलाई राम्रो बनाउनका लागि श्रीकृष्णको मनपर्ने रङ पनि लगाउन सक्नुहुन्छ।

भगवान् श्रीकृष्णलाई पहेँलो रङ सबैभन्दा बढी मनपर्छ । यसबाहेक उनलाई निलो, सुनौलो र गुलाबी रङ मन पर्छ।

यस्तै मयूरको प्वाँख बिना श्रीकृष्णलाई देखिँदैन । उनको मेकअप मयूरको प्वाँख बिना अधुरो छ। यो रङ उनको मनपर्ने पनि हो।

Leave A Reply

Your email address will not be published.