पोखरा/
पोखरा महानगरपालिकाका नगर प्रमुख श्री धनराज आचार्यले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव पदमा उमेदवारी दिएका छन्। पार्टीको काठमाडौमा जारी केन्द्रीय कमिटी बैठकमा आचार्यले सचिव पदमा उमेदवारी दर्ता गराएका हुन्।
नगर प्रमुखको रूपमा आफ्नो कार्यकालमा उल्लेखनीय काम गर्दै आएका आचार्यले, पार्टीका केन्द्रीय तहमा पनि आफ्नो अनुभव र प्रतिबद्धता मार्फत योगदान पुर्याउने उद्देश्यका साथ उमेदवारी घोषणा गरेको बताएका छन । उनी पोखरा महानगरपालिकामा स्थानीय विकास, पर्यावरण संरक्षण र जनताका हितमा गरेका विभिन्न कामहरूका लागि लोकप्रिय रहेका छन्।
उमेदवारी घोषणा गर्दै आचार्यले भने, “मेरो उद्देश्य केवल पदमा पुग्नु मात्र नभई जनताका आवाजलाई पार्टीको केन्द्रमा पुर्याउनु हो। म दृढ संकल्पित छु कि मेरो अनुभव र समर्पणले पार्टीलाई थप सशक्त र जनमुखी बनाउन मद्दत पुग्नेछ।”
पोखराका विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूले आचार्यको उमेदवारीलाई स्वागत गरेका छन् ।
मेयर धनराज आचार्यले पार्टीका केन्द्रीय सदस्यहरुलाई अमूल्य मत दिई विजयी गराइदिनु हुन अनुरोध गर्दै, आफू निर्वाचित भएमा जनपक्षीय कार्य र नीति मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन क्रियाशिल हुने प्रतिबद्धता जनाएका छन ।