पोखरा/
बीमाको रकम दाबीका लागि आफ्नै पसलमा आगो लगाउने दुईजना कारागार चलान भएका छन् ।
स्याङ्जाको आधिखोला गाउँपालिका-६ बस्ने ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतली बजार नगरपालिका(७ बस्ने ४३ वर्षीय पवन नेपाल जेल चलान भएका हुन् ।
कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षको लागि कारागार चलनग गर्ने आदेश दिएको हो ।उनीहरूले बीमाको रकम दाबी गर्नका लागि साउन १६ गते आफ्नै पसलमा आगो लगाएका थिए ।