सुचना, समाचार र मनोरन्जन

महिला सशक्तिकरण र उद्यमशीलताको महोत्सव चमेली पोखरामा भव्य रूपमा सम्पन्न

तस्बिर सौजन्य: अशिम शेरचन 

पोखरा/
पोखराको बुलौँदीस्थित पोखरा इभेन्ट सेन्टरमा आयोजित चमेली कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। एअरलाइन्स फ्लाइट एटेन्डी एकेडेमी इभेन्ट्स पोखराले आयोजना गरेको यस महोत्सवमा महिला सशक्तिकरण र उद्यमशीलतालाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरू गरिएको थियो।

कार्यक्रममा तिमी सुन्दर छौ हरेक तरिकाले, आफूलाई माया गरूभन्ने सन्देशसहित फेसन शो, सांगीतिक प्रस्तुति, र बहसमूलक सत्रहरू आयोजना गरियो। अभिनेत्री गौरी मल्ल, सामाजिक उद्यमी आनन्दराज मूल्मि ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठ, र नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले लैङ्गिक समानता र पहिचानको मुद्दामा गहन बहस गरेका थिए।

फेसन शोमा रेडियन्ट स्टाइल्स बाइ शोभा केसी र ब्राइडल वेयर का आकर्षक डिजाइनहरू प्रदर्शन गरिए। सांगीतिक कार्यक्रममा हार्मेनी पोखराले विशेष प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गर्‍यो। पूर्व मिस नेपाल श्रीचा प्रधानको उपस्थिति यस कार्यक्रमलाई थप महत्त्वपूर्ण बनायो। कार्यक्रमको सहकार्य सन्स्थाको रूपमा जोन्टा क्लब अफ पोखरा पनि रहेको थियो, जसले कार्यक्रमलाई थप सहयोग र प्रेरणा प्रदान गर्‍यो। कार्यक्रममा जोन्टा क्लब अफ पोखराकी अध्यक्ष रोजिना रञ्जित बिजुक्छेले स्वागत मन्तव्य दिँदै, महिला सशक्तिकरण र उद्यमशीलताको प्रवर्द्धनमा यस्तो महोत्सवको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो।

कार्यक्रमको अर्को मुख्य आकर्षण महिलाहरूले उत्पादन गरेका हस्तकला र कस्मेटिक स्टलहरू रहे, जसले सहभागीहरूलाई उद्यमशीलता र सृजनशीलतामा थप प्रोत्साहित गर्‍यो। साथै, महिलाहरूको स्वास्थ्य परीक्षण र काउन्सिलिङ सेवाले स्वास्थ्य र कल्याणप्रति जागरूकता बढाउने कार्य गर्‍यो।

प्रबन्ध निर्देशक शोभा केसी का अनुसार, ुचमेलीु महोत्सवले महिलाहरूलाई आत्मसम्मान, उद्यमशीलता, र उनीहरूको सिर्जनशीलतालाई अघि बढाउने महत्त्वपूर्ण मञ्च प्रदान गर्‍यो। कार्यक्रममा सहभागी हुनेहरूले महोत्सवको नयाँ अवधारणालाई प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.