सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशमा अब नौ मन्त्रालय

गण्डकी : गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर नौवटा बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बसेको मन्त्रिपरिषद् बैठकले नौवटा मन्त्रालय बनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको सहमतिअनुसार नौवटा मन्त्रालय बनाइएको जानकारी दिँदै उनले सङ्घीय गठबन्धनअनुुसार नै अघि बढेको बताए । मुख्यमन्त्री पाण्डेकानुसार नौवटा मन्त्रालयमध्ये कांग्रेसले पाँच र एमाले चार मन्त्रालय लिनेछन् । प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय विभाजन गर्ने निर्णय गरिएको हो ।

मुख्यमन्त्री पाण्डेले वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयअन्तर्गत यसअघि दुई÷दुुईवटा सङ्गठन संरचना रहेकाले सोहीअनुसार विभाजन गरिएको बताए । “यी मन्त्रालय एउटै भए पनि सङ्गठन संरचना दुईवटा थिए र सचिव पनि अलग अलग थिए । त्यसलाई अलग अलग गरेर नौवटा मन्त्रालय कायम गर्ने निर्णय गरेका छौँ”, उनले भने।

अब चाँडै नै एमालेका तर्फबाट चारजना मन्त्रिपरिषद्मा समावेश हुने र सङ्घीय गठबन्धनअनुसार गठबन्धन अघि बढिने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.