पोखरा /
पोखरा महानगरपालिकाको कार्यालयमा संघीयता र स्थानीय सरकारका विषयमा विशेष छलफल सम्पन्न भएको छ। संघीयता र स्थानीय सरकारका विश्लेषक तथा राष्ट्रिय सभाका पूर्व माननीय सदस्य डा। खिमलाल देवकोटालगमयतले संघीयता प्रणालीलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा गहन विचार-विमर्श गरेका हुन्।
छलफलको केन्द्रविन्दुमा तीन तहका सरकारहरू, नेपालको संविधान, साझा र एकल अधिकार जस्ता विषय रहेका थिए। स्थानीय सरकारहरूको सबलीकरणका लागि एक गैरनाफामुलक एड्भोकेसी फोरम गठन गर्ने निर्णय पनि गरिएको थियो।
पोखराका मेयर धनराज आचार्यको नेतृत्वमा आयोजित यस महत्वपूर्ण छलफलले संघीयता र स्थानीय सरकारको सुदृढीकरणमा सकारात्मक संकेत दिएको छ। सो छलफलमा मेयर आचार्यको सक्रिय भूमिकाले पोखरा महानगरपालिकालाई संघीयता कार्यान्वयनको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ। सबै राजनीतिक दलहरू सम्बद्ध पूर्व र वर्तमान सभासद तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको यस पहलले राष्ट्रिय तहमा पनि सबै दलको साझा प्रतिबद्धतालाई प्रकट गरेको छ।
संघीयता प्रणालीलाई बलियो बनाउने र स्थानीय तहमा जनताको आवश्यकता र आकांक्षालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने यो प्रयास निकै प्रभावकारी हुने मेयर आचार्यले बताए ।
पोखरा महानगरपालिकाको यो पहलले देशभरि संघीयता प्रणाली र स्थानीय सरकारहरूको सबलीकरणका लागि एक नयाँ दिशानिर्देश प्रदान गर्ने अपेक्षा रहेको उनले परिचयलाई जानकारी दिए ।