सुचना, समाचार र मनोरन्जन

इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे को उत्कृष्ट प्रदर्शन

मिलन थापाको नेतृत्वमा सदस्यता वृद्धिमा प्रथम स्थान

काठमाडौं : लायन्स इन्टरनेसनलको लायन वर्ष २०२४/२५ को सुरुवाती दुई महिनामा नेपालमा सदस्यता वृद्धिमा लायन्स डिष्ट्रिक्ट ३२५ जे ले अग्रस्थान हासिल गरेको छ। जुलाई र अगष्ट महिनामा मल्टिपल डिष्ट्रिक्ट नेपालभित्र सबैभन्दा बढी सदस्यता वृद्धिको कीर्तिमान डिष्ट्रिक्ट ३२५ जे ले कायम गरेको हो, जसमा प्रमुख भूमिका लायन मिलन थापाले निर्वाह गरेकी छिन्।

 

पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानद्वारा सामाजिक सञ्जालमा सार्वजनिक उत्कृष्ट पाँच गभर्नरहरुमा पहिलो स्थानमा रहेकी डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वलाई सबैले प्रशंसा गरेका छन्। मिलन थापाको कुशल नेतृत्वमा डिष्ट्रिक्ट ३२५ जे ले ५१० नयाँ सदस्य थप्न सफल भएको छ, जसले डिष्ट्रिक्टलाई मुलुकभर सबैभन्दा अग्रणी बनाएको छ।

 

उक्त सूचीमा दोस्रो स्थानमा डिष्ट्रिक्ट ३२५ आई का गभर्नर लायन बिनोद ढुंगाना रहेका छन्, जसले ३९७ नयाँ सदस्य थपेका छन्। तेस्रो स्थानमा डिष्ट्रिक्ट ३२५ आर का गभर्नर लायन दिनानाथ न्यौपाने, चौथो स्थानमा डिष्ट्रिक्ट ३२५ जी का गभर्नर लायन कमल बहादुर कायस्थ र पाँचौं स्थानमा डिष्ट्रिक्ट ३२५ ई का गभर्नर लायन रामशरण बस्नेत रहेका छन्।

 

मल्टिपल डिष्ट्रिक्ट ३२५ का जिएमटी कोअर्डिनेटर लायन मनिश्रीरत्न बज्राचार्यका अनुसार, डिष्ट्रिक्ट ३२५ जे को सदस्यता वृद्धिमा देखिएको यो उत्साहजनक परिणाम थापाको नेतृत्व कौशलको प्रत्यक्ष प्रमाण हो। मिलन थापाको समर्पण र कुशल प्रबंधनले लायन्स इन्टरनेसनलको अभियानमा डिष्ट्रिक्ट ३२५ जे लाई अग्रणी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

 

क्लब स्थापनामा पनि डिष्ट्रिक्ट ३२५ जे अग्रणी देखिएको छ। यो क्षेत्रमा दोस्रो स्थानमा रहँदै, डिष्ट्रिक्ट ३२५ जे ले २२ नयाँ क्लब स्थापना गरेको छ। पहिलो स्थानमा रहेको डिष्ट्रिक्ट ३२५ आई ले २६ क्लब स्थापना गरेको छ। यसका साथै, तेस्रो स्थानमा डिष्ट्रिक्ट ३२५ जी ले १०, चौथोमा ३२५ आर ले ८ र पाँचौं स्थानमा ३२५ ई ले ८ क्लब स्थापना गरेका छन्।

 

लायन्स इन्टरनेसनलले विश्वभरमा १५ लाख सदस्य बनाउने लक्ष्य राखेको छ। मिसन १.५ अन्तर्गत विश्वभरि सक्रिय रहेको यो अभियानमा नेपालले पनि महत्वपूर्ण योगदान पुर्याएको छ। सानो देश भए पनि नेपालका लायन्स क्लबले विश्वभर उच्च स्थान हासिल गर्दै नाम र प्रतिष्ठा कायम गरेको छ।

 

लायन मिलन थापाको नेतृत्वमा डिष्ट्रिक्ट ३२५ जे को यस ऐतिहासिक सफलताले नेपालका अन्य डिष्ट्रिक्टहरुलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ। “हाम्रो टिमको समर्पण र एकताले आज हामीलाई यो सफलता दिलाएको हो,” थापाले भनिन्। यसले भविष्यमा लायन्स इन्टरनेसनललाई अझ सशक्त बनाउन मद्दत पुर्याउनेछ।

Leave A Reply

Your email address will not be published.