सुचना, समाचार र मनोरन्जन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्ययन हुने

पोखरा/

पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्ययन/अध्यापन हुने भएको छ । चिकित्सा शिक्षा आयोगले पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५०/५० जना विद्यार्थी पढाउन पाउनेगरी कोटासमेत छुट्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एमबीबीएस पढाई शुरु हुनु खुसीको विषय भएको बताउनुभएको छ । मन्त्री पौडेलले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमासमेत यसै वर्षदेखि एमबीबीएस अध्ययन अध्यापन गराउने गरी तयारी भइरहेको बताउनुभएको छ ।

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत दक्ष जनशक्ति उत्पादन गर्ने र नागरिकलाई स्वास्थ्य सेवा दिने उदेश्यले तीन सय शय्याभन्दा माथिका अस्पतालमा क्रमशः एमबीबीएसको पढाई शुरु गर्ने लक्ष्य लिएको छ ।

Leave A Reply

Your email address will not be published.