सुचना, समाचार र मनोरन्जन

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन

पोखरा/
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ ।  उनको निधनले केवल एक व्यक्तिको मात्र होइन, एक दयालु हृदयलाई संसारले गुमाएको छ। फोक्सोको रोगसँग लामो संघर्ष गरेपछि अन्ततः शनिबार उनले यो संसारबाट विदा लिएका हुन्।

राजमान थकालीलाई जसले पनि भेट्थ्यो, उनीहरुको मनमा उनको दयालु स्वभाव र मिजासिलो व्यवहारले गहिरो छाप छोड्ने गर्थ्यो। पोखरा ८, नागढुंगाका स्थायी बासिन्दा भए पनि राजमानले अष्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाएर नेपाली समुदायलाई सेवा पुर्याएका थिए। मुस्ताङको हिमाली माटोमा जन्मेर पोखरामा हुर्किएका उनी, सहारा क्लबको अष्ट्रेलीया शाखाका संस्थापक अध्यक्षका रूपमा आफ्नो समुदायप्रतिको माया र समर्पणलाई स्थापित गरेका थिए।

फुटबल खेलसँग नजिकको नाता राख्दै, उनले खेलकुदमार्फत समाजसेवामा ठूलो योगदान दिएका थिए। नेपालबाट टाढा भए पनि उनले आफ्नो देशप्रतिको प्रेम कहिल्यै बिर्सेनन्। पोखराको सभागृहचोकस्थित मुग्लान रेष्टुरेन्ट तथा मिमाअस कन्सल्टेन्सीका संचालकको रुपमा व्यवसायिक सफलतासँगै उनले असहायहरुलाई सहयोग गर्न समेत जहिल्यै तत्पर रहन्थे।

५० वर्षीय राजमानका श्रीमती र दुई छोरा रहेका छन्। उनीहरुको भविष्यका लागि आफ्नो समर्पण र माया कहिल्यै नथाक्ने राजमानलाई पोखराका, मुस्ताङका र अष्ट्रेलियाका धेरैले दयालु हृदयका व्यक्ति भनेर सम्झिने छन्।

Leave A Reply

Your email address will not be published.