सुचना, समाचार र मनोरन्जन

मदनकृष्ण श्रेष्ठको सम्मानमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

चलचित्रकर्मीहरूका लागि जीवनभर निशुल्क उपचारको घोषणा

ललितपुर/

लोकप्रिय विशिष्ट कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य उपचार आजीवन निशुल्क गरिने महत्वपूर्ण घोषणा गर्दै चलचित्र निर्देशक समाज र एन्जेभिटी हेल्थ होमको सहकार्यमा आयोजित निशुल्क स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमका सभापति चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली थिए भने प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठको उपस्थितिले कार्यक्रमलाई विशेष बनायो। विशेष अतिथिको रुपमा संस्थाका सल्लाहकार राजकुमार राई, अतिथि कलाकार संघका अध्यक्ष मोहन निरौला तथा संयोजक रविन्द्र खड्का हुनुहुन्थ्यो।

कार्यक्रममा मनोज पण्डित, मिलन चाम्स, किरण केसी, रिसी लामिछाने लगायतका लोकप्रिय चलचित्रकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। एन्जेभिटीका संचालक कृष्ण शाहीको व्यवस्थापनमा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भयो।

स्वास्थ्य परीक्षण र उपचारका विशेष विवरणहरू
– करिब ५ देखि १५ हजारसम्मको निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गराइयो।
-निर्देशक समाजको सिफारिसमा आगामी २ वर्षसम्म चलचित्रकर्मीहरूले एन्जेभिटी हेल्थ होममा निशुल्क स्वास्थ्य परीक्षण, अन्य उपचार विधि, र औषधिमा २०५ छुट पाउने सम्झौता गरियो।
-कार्यक्रममा करिब १०० भन्दा बढी चलचित्रकर्मीहरूको उपस्थिति थियो, जसमा ५६ जनाले निशुल्क स्वास्थ्य परीक्षण गराए।
-परीक्षण गराएका सबैले स्वास्थ्य सेवाबाट अत्यन्त सन्तुष्टि व्यक्त गरे।

कार्यक्रम बिहान ८ बजे सुरु भएर दिउँसो १ बजे समाप्त भएको थियो। एन्जेभिटी हेल्थ होममा आयोजित यस कार्यक्रमले चलचित्रकर्मीहरूलाई स्वस्थ जीवनको प्रतिज्ञा दिलाउँदै कला र स्वास्थ्य क्षेत्रको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

Leave A Reply

Your email address will not be published.