सुचना, समाचार र मनोरन्जन

प्राकृतिक न्यायको सिद्धान्तले पालो मेरै हो: कार्की

पोखरा /

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले संघको अध्यक्ष हुने पालो आफ्नै रहेको बताएका छन् । प्राकृतिक न्यायको सिद्धान्तअनुसार आफ्नै पालो रहेकाले सबैको साथ र सहयोग चाहिएको बताएका छन् ।

संघको आगामी ३५ औं महाधिवेशनमा आफुले अध्यक्ष पाउनुपर्ने भएपनि अध्यक्षमा अर्का प्रतिद्धन्द्धी समेत रहेका कारण वरिष्ठ उपाध्यक्ष भएकाले आफ्नो पालो अब अध्यक्ष बन्ने रहेको उनको भनाइ छ ।

‘प्राकृतिक न्यायको सिद्धान्त तथा पालो पनि मेरो नै भएकोले अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको छु’ कार्कीले भने, ‘ पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघसँगका मेरो अनुभवलाई नेतृत्वमा बसेर कार्यन्वयन गर्ने पुनीत मनसाय एवम् व्यवसायिक हक हितका लागि क्रियाशिल मेरो अभियानलाई यहाँहरूको अमुल्य मत प्रदान गरी व्यावहारीक कार्यान्वयनको लागी मलाई आगामी कार्यकालको नेतृत्व गर्ने सुअवसर प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा र विश्वास लिएको छ ।’

कार्की २०५५ सालमा संघमा साधारण सदस्यको रूपमा प्रवेश गरी कार्यसमितिमा उद्योग उपाध्यक्ष २ कार्यकाल देखि वरिष्ठ उपाध्यक्षसम्मको भूमिका निर्वाह गरेका छन् । यो स्थानसम्म आम उद्योगी, व्यवसायीले पुु¥याएको भन्दै कार्कीले भदौ २८ र २९ गते संघको ३५ औं अधिवेशनमा पुुनः आफुलाई मत दिई विजयी गराइदिन अनुरोध समेत गरे । कार्की अहिले डेंगीका कारण घरमै आराम गरिरहेका छन । केही समय फिस्टेल अस्पतालमा उपचार गराएका उनी विस्तारै निको हुँदैछन् ।

Leave A Reply

Your email address will not be published.