सुचना, समाचार र मनोरन्जन

अर्जुन पोखरेल: समृद्ध व्यवसायिक नेतृत्वका लागि विश्वासिलो उम्मेदवार

पोखरा/

पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको संघारमा व्यवसायीहरु नयाँ नेतृत्वको खोजीमा छन्। यसै सन्दर्भमा अर्जुन पोखरेल नेतृत्वको प्यानलले आफ्नो चुनावी अभियानलाई गति दिँदै संघको समृद्ध भविष्यको परिकल्पना प्रस्तुत गरिरहेको छ। पोखरेलले आफ्नो अनुभव र दृष्टिकोणलाई व्यवसायीहरुका समस्यासँग जोडेर समाधानका सशक्त योजना अघि सारेका छन्।

पोखरेलले आफ्नो नेतृत्वमा व्यवसायीहरुको हकहितको लडाइँलाई थप सशक्त बनाउने अठोट गरेका छन्। उनले व्यवसायिक समस्याहरुको दीर्घकालीन समाधान गर्न उद्योग तथा वाणिज्य दुवै पक्षलाई सन्तुलनमा राख्दै काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “म व्यवसायीहरुको हितका लागि निरन्तर क्रियाशील हुनेछु। संघलाई सशक्त र प्रभावकारी बनाउने मेरो उद्देश्य हो।

अघिल्लो महाधिवेशनमा पराजय भोगेपनि पोखरेलको दृष्टिकोण स्पष्ट छ – हारको सामना सिकाइको अवसर हो। “हारबाट मैले सिकें, अब सामूहिक प्रयासमार्फत् संघलाई समृद्धिको बाटोमा लैजाने अठोटमा दृढ छु, उनले बताए। यसपटक उनको प्यानलले उद्योग र वाणिज्य दुवै क्षेत्रमा सशक्त नेतृत्व प्रदान गर्ने उम्मेदवारहरु ल्याएको छ।

अर्जुन पोखरेल नेतृत्वको टीमः नविन सोच र क्रियाशीलता

अर्जुन पोखरेल नेतृत्वको प्यानलले व्यवसायिक नेतृत्वमा युवाको सहभागिता र अनुभवी व्यक्तित्वहरुको मार्गदर्शनलाई सँगसँगै ल्याउन खोजेको छ। यस प्यानलले व्यवसायिक हितका लागि १६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै आफ्नो योजनाको स्पष्ट चित्रण गरेको छ। “हामी समस्या समाधान गर्न अग्रसर छौं। यो टीमले व्यवसायीहरुको हितमा कुनै सम्झौता गर्ने छैन,” महासचिवका उम्मेदवार शोभा गौतमले बताइन्।

पोखरेल प्यानलका उम्मेदवारहरुमा उत्तममान बुद्धाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उद्योग उपाध्यक्ष), बलराम आचार्य (वाणिज्य उपाध्यक्ष), मनोजकुमार श्रेष्ठ ९कोषाध्यक्ष० लगायतका व्यवसायिक अनुभवीहरु सामेल छन्।

पोखरेल प्यानलको मुख्य ध्यान व्यवसायिक क्षेत्रको दिगो विकासमा रहेको छ। खासगरी पोखराको सुस्ताउँदै गएको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न उनीहरुले विशेष योजना अघि सारेका छन्। बालकृष्ण कोइरालाले भने, पोखराको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा भर्ने हाम्रो उद्देश्य हो। यो लक्ष्य हासिल गर्न हामी सामूहिक रूपमा समर्पित छौं।

सुधार र दीर्घकालीन विकासका लागि अर्जुन पोखरेलको नेतृत्व अपरिहार्य

पोखरेलको प्यानलले दीर्घकालीन सुधार र व्यवसायीहरुको हितमा काम गर्ने स्पष्ट योजना अघि सारेको छ। संघलाई समृद्ध बनाउनका लागि अर्जुन पोखरेलको नेतृत्वलाई समर्थन आवश्यक छ भन्ने सन्देश उनकै प्यानलबाट स्पष्ट छ। हामीले व्यवसायिक हितका लागि निरन्तर क्रियाशील रहनेछौं,अर्जुन पोखरेलले भने।

यो महाधिवेशनले मात्र संघको नेतृत्व परिवर्तन गर्ने छैन, पोखरा उद्योग वाणिज्य संघको भविष्यलाई निर्धारण गर्ने छ।

Leave A Reply

Your email address will not be published.