सुचना, समाचार र मनोरन्जन

ओखती नेपाल अवार्ड २०२४ सम्पन्न: उत्कृष्ट विक्रेता र डिलरहरू सम्मानित

पोखरा/

नेपालको प्रतिष्ठित ओखती ब्रान्डले आज “ओखती नेपाल अवार्ड २०२४” को भव्य कार्यक्रम आयोजना गर्दै उत्कृष्ट खुद्रा विक्रेता, डिलरहरू, र अन्य साझेदारहरूको उल्लेखनीय प्रदर्शनलाई सम्मान गर्यो। नेपाली बजारमा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै ओखती ब्रान्डले उपभोक्ताहरूको विश्वास जित्दै देशभरि आफ्नो मजबुत पहिचान स्थापित गरेको छ।

यस अवार्डले डिलर र रिटेलरहरूबीचको सम्बन्धलाई अझ सशक्त बनाउने र उनीहरूको महत्वपूर्ण योगदानको कदर गर्दै अघि बढ्ने लक्ष्य राखेको थियो। कार्यक्रममा उपस्थित सबैले ओखती ब्रान्डलाई उच्च गुणस्तरको उत्पादनका लागि समर्थन जनाए, जसले नेपाली उत्पादनहरूको पहिचानलाई अझ प्रख्यात बनाउने महत्त्वपूर्ण योगदान गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनको महत्त्वबारे चर्चा गर्दै ओखती ब्रान्डलाई देशकै गौरवको रूपमा प्रशंसा गरे। उनले भने, “ओखतीले नेपाली बजारमा आफ्नो उच्च गुणस्तरीय उत्पादनमार्फत विशेष स्थान बनाएको छ, र यसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पनि उचाइमा पुर्याउने विश्वास छ।”

ओखतीका प्रवन्ध निर्देशक शोभाकान्त बस्याल र ओखती समूहकी अध्यक्ष चाँदनी तिवारीले सम्मानित विक्रेता र डिलरहरूको भविष्यमा अझ प्रगतिको कामना गर्दै ब्रान्डलाई निरन्तर सशक्त बनाउन सहयोगको अपेक्षा गरे।

यस कार्यक्रमले ओखती ब्रान्डलाई अझ मजबुत बनाउँदै ग्राहकहरू र साझेदारहरूबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने महत्त्वपूर्ण कदमको रूपमा चिनिन सफल भएको छ।

Leave A Reply

Your email address will not be published.