पोखरा/
पोखराको नदीपुरमा हुने ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल कुशलले ५ दिनसम्म चल्ने सो प्रतियोगिताको प्रत्यक्ष प्रशारणको सर्वाधिकार बार्दली मिडिया प्रालिमार्फत सञ्चालित पब्लिक फोरके टेलिभिजनले लिएको बताए ।
‘टेलिभिजनले गण्डकी प्रदेशका महत्वपूर्ण खेल इभेन्टहरू नछुटाइ प्रत्यक्ष प्रशारण गर्ने गरेकोले यो प्रतियोगिता पनि संसारभरका दर्शकसामु पु¥याउन टेलिभिजनसँग सहकार्य गरेका हौं, छन्त्यालले भने ।
राष्टिय खेल भलिबलको प्रवद्र्धन र प्रचारका लागि पनि पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको प्रतियोगिताको टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण हुनु महत्वपूर्ण रहेको टेलिभिजनका प्रवन्ध निर्देशक मन क्षेत्रीले बताए । टेलिभिजनले प्रदेशका महत्वपूर्ण खेल इभेन्टहरू आफ्ना दर्शकसम्म पुर्याउन भरमग्दुर प्रयत्न गरिरहेको क्षेत्रीको भनाई छ ।
‘क्लवस्तरीय प्रतियोगिता भएपनि राष्टिय प्रतियोगिता खेलेका खेलाडीहरू सहभागि हुने भएकोले प्रतियोगिता रोचक हुनेछ, विगतमा जस्तै यो प्रतियोगिताको प्रत्यक्ष प्रशारणलाई पनि दर्शकहरुले साथ दिनुहुनेछ,’ क्षेत्रीले भने ।
असोज ९ गते देखि १३ गतेसम्म पोखराको नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा हुने प्रतियोगितामा महिलातर्फ १० टोली र पुरूषतर्फ ८ टोलीले सहभागिता जनाएको प्रतियोगिताका संरक्षक सञ्चालक पदम श्रेष्ठले बताए ।
प्रतियोगितास्थलसम्म पुग्न नभ्याउने तर भलिबल हेर्न रूचाउने दर्शकहरूका लागि प्रत्यक्ष प्रशारण प्रभावकारी हुने टेलिभिजनका कार्यक्रम प्रमुख अमृतकुमार भट्टराईले जनाए ।
प्रतियोगितामा विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी महिलातर्फ विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पुरुषतर्फ सहभागी समूहले ३ जनासम्म राष्ट्रिय खेलाडी र महिलातर्फ समूहमा २ जना राष्ट्रिय खेलाडी समावेश गरि टिम बनाइएकोले प्रतियोगिता रोचक हुने प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी गराएका थिए ।
अघिल्लो वर्ष सातौ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुष तर्फ गल्कोट स्पोर्ट क्लव र महिला तर्फ धादिङ स्पोर्ट क्लब विजयी बनेका थिए ।