काठमाडौ/
अब बाटो अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङले निरन्तरता पाउने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला पक्षहरूको बैठकले अहिलेसम्म टिकट काटेकाको यात्रा सुनिश्चितता गर्दै अब बाटोको अवस्था हेरेर मात्रै टिकट काट्ने निर्णय गरेको हो ।
मंगलबारको बैठकमा बाढी पहिरोमा परेका यातायात व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, काठमाडौँबाट नारायणगढसम्म उज्यालोमा मात्रै गाडी चलाउने व्यवस्था गर्ने, रेड जोनमा परेका क्षेत्रमा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्ने लगायत १० बुँदे सहमति पनि गरेको छ ।
बाटोको अवस्था खराब भएपछि बिहान यातायात व्यवसायीहरू यातायात व्यवसायी टिकट बन्द गर्ने मनस्थितिमा पुगेका थिए । अहिले भने टिकट बुकिङको घोषणा नगरी अवस्था हेरेर मात्रै टिकट काट्ने निर्णय भएको हो ।