सुचना, समाचार र मनोरन्जन

गुल्मीको बिचित्र गुफा पर्यटकको आकर्षक गन्तव्य बन्दै

गुल्मी/

गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको बिचित्र गुफा आन्तरिक एवम् बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको बिचित्र गुफा साँच्चिकै बिचित्रको छ ।

२०४५ सालमा बारीमा मकै खान गएको बादरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक बिचित्रको गुफा पत्ता लगाउनुभएको थियो । विगत लामो सयमदेखि बिचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरुमात्र पुग्ने गरेकोमा पछिल्लो समय बाह्य पर्यटकसमेत पुग्न थालेका छन् ।

फ्रान्स, जर्मनी र बेलायतका नागरिक गुफा हेर्न आएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो । एक सय ८५ मिटर लम्बाइ र तीन सय ५० मिटर चौडा क्षेत्रफलमा गुफा फैलिएको छ । मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारको प्राकृतिक आकार देख्न सकिन्छ ।

गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरुमा देखिने विभिन्न आकृतिहरुले एक पटक हरेक नागरिकको ध्यान तान्ने गर्छ । बिचित्र गुफा सदरमुकाम तम्घासबाट १८ किलोमटर पश्चिममा रहेको छ । गुफासम्म जाने सडक निर्माण भइसेकेको छ ।

Leave A Reply

Your email address will not be published.