सुचना, समाचार र मनोरन्जन

असोजमा ५३ हजार नेपाली कामका लागि विदेशिए

काठमाडौं/

वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् ।

यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या रहेको विभागले जनाएको छ । साउनमा ६० हजार र भदौमा ५७ हजार नेपाली वैदेशिक रोजगारीमा हरु वैदेशिक रोजगारीमा गएका थिए ।

विभागका निर्देशक गुरुदत्त सुवेदीले चाडबाडको मुखमा पनि रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेक्रम नरोकिएको बताए । उनका अनुसार असोजमा रोजगारीको खोजीमा नेपालीहरु सबैभन्दा धेरै खाडी मुलुक गएका छन् । असोजमा १७ हजार नेपाली युएई गएका छन् ।

त्यस्तै साउदीमा १० हजार, कतारमा ९ हजार ७ सय, कुवेतमा ३ हजार ८ सय जना नेपाली रोजगारीका लागि गएका विभागका सूचना अधिकारी सुवेदीले बताए ।

युरोपेली देश रोमानियामा २२ सय, क्रोएसियामा ७८३, साइप्रसमा ४८५ जना रोजगारीका लागि गएका छन् । त्यस्तै जापानमा १ हजार ४५६ र दक्षिण कोरियामा १ हजार १०६ श्रमिक रोजगारीको खोजीमा गएका छन् ।

धुनषाबाट धेरै

असोजमा सबैभन्दा धेरै धुनषा जिल्लाका नागरिक वैदेशिक रोजगारीमा गएका छन् । विभागका अनुसार धनुषाबाट २ हजार ९४४ हजार ३६० विदेश गएका छन् ।

त्यस्तै झापाबाट २ हजार ५४५, सिरहाबाट २ हजार ३४१, मोरङबाट २ हजार १८६, महोत्तरीबाट २ हजार २८९, सुनसरीबाट १ हजार ८२८ जना वैदेशिक रोजगारीमा गएका छन् ।

Leave A Reply

Your email address will not be published.