सुचना, समाचार र मनोरन्जन
Sarangi

सहकारी ठगी सम्बन्धी संसदीय समितिको प्रतिवेदन अनुसार कारबाही: सञ्चारमन्त्री गुरुङ

काठमाडौ/

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार सरकारले कारबाहीको प्रकृयता अगाडि बढाएको बताउनुभएको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले संसदीय समितिले बुझाएको प्रतिवेदनउपर सरकारले आवश्यक थप अनुसन्धानसँगै कारबाहीलाई अघि बढाएको बताउनुभयो ।

मन्त्री गुरुङले सरकारले सर्वदलीय संसदीय समितिको प्रतिवेदनले कारबाही गर भनेका व्यक्तिहरुलाई पक्राउ गरेर त्यसैअनुसार कारबाही थालिएको दाबी गर्नुभयो । अस्ति शुक्रवार मात्रै प्रहरीले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेको थियो ।

Leave A Reply

Your email address will not be published.