सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

निःशुल्क इन्टरनेट पाएपछि पोखरा १२ का विद्यार्थीहरू उत्साहित

 

 

पोखरा : पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले आइटी पढ्ने विद्यार्थीका लागि निःशुल्क इन्टरनेटको व्यवस्था मिलाएपछि विद्यार्थीमा खुशी छाएको हो । वडा कार्यालयले ल्याएको नीति अनुसार आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क रुपमा इन्टरनेटको सुविधा उपलब्ध गराएको हो ।

 

IVF Big

इन्टरनेटको सुविधा प्राप्त भएपछि पढाईमा सहज भएको विद्यार्थी प्रज्वल बास्तोलाले बताए । अहिले इन्टरनेटको माध्यमबाट देश विदेशमा भएका घटना तथा विषय वस्तुको जानकारी पाउन सहज छ । कतिपय ठाउँमा इन्टरनेटको पहुँच पनि छैन तर यहाँ भने विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराएर विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याइएको छ, उनले भने । इन्टरनेटको व्यवस्था भएपछि अध्ययनमा सहयोग पुगेको अर्का विद्यार्थीले बताए । निःशुल्क इन्टरनेटको निरन्तरता पाएपछि विद्यार्थीहरू उत्साहित भएका छन् ।

 

‘देशकै नमूना विद्यालयका रुपमा पुरस्कृत भइसकेका शितलादेवी, अमरसिंह मावि जस्ता विद्यालयलाई प्रविधिमैत्री बनाउँदै आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क इन्टेरनेटको व्यवस्था वडाले नै गर्ने हो, सरकारी विद्यालयप्रति अझै विश्वास बढाउनका लागि जनप्रतिनिधिले अझै ध्यान दिनुपर्छ भनेर लागि परेका छौं’, वडाध्यक्ष बास्तोलाले भने ।

 

वडाले नीति तथा कार्यक्रममै भौतिक पुर्वाधारभन्दा शिक्षा स्वास्थ्य र सामाजिक विकासलाई जोड दिएर नीति तयार गरेको हो । वडा कार्यालयले असोजदेखि सुरु गरेको उक्त सेवाका कारण विद्यार्थीहरूलाई विभिन्न विषयको खोज अनुसन्धान गर्न सहज भएको छ । शिक्षण र प्रविधिलाई जोड दिंदै वडाले विभिन्न सेवाहरू उपलब्ध गराउदै आएको छ ।

Leave A Reply

Your email address will not be published.