पोखरा : बाँझोपन समस्याको समाधानका लागि पोखरामा फिस्टेल आईभिएफ एण्ड फर्टिलिटी सेन्टर उद्घाटन गरिएको छ।
आइतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख अतिथि रहेको उक्त उद्घाटन कार्यक्रममा निसन्तान दम्पतीका लागि खुसीको खबर रहेको जनाइएको छ।
प्रमुख आचार्यले पारिवारीक खुसी र पोखरालाई स्वास्थय हव बन्न आईभिएफ एण्ड फर्टिलिटी सेन्टर महत्वपूर्ण कडी बन्न सक्ने बताए।
कार्यक्रममा तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङले विवाहित दम्पतीलाई सन्तानको रहर हुने भन्दै सेन्टरले रहर पुरा गर्ने जिकिर गरिन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले फिस्टेल आईभिएफले स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति ल्याउने विश्वास गरे।
फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा. भोला श्रेष्ठले सेन्टरले बाँझोपन समस्या निराकार गर्ने विश्वास व्यक्त गरे। फिस्टेल आईभिएफका निर्देशक अशोक पालिखेले सेन्टरले परिवारमा खुसी फर्काउने र दम्पतीहरूको विश्वास जित्ने विश्वास व्यक्त गरे।
‘ सेन्टरले आईयुआई, आईभिएफ, आईसिएसआई, एफईटि जस्ता आधुनिक प्रविधिहरू, प्रजनन क्षमता संरक्षण सेवाहरू, र बाँझोपनको उपचारसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउनेछ’, उनले भने। स्त्रीरोग विशेषज्ञ र आइभिएफ स्पेसलिस्ट डा. अनु हिराचनको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सक, विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू, चिकित्सक, र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो।