सुचना, समाचार र मनोरन्जन

गृहमन्त्री श्रेष्ठले भने,”भुकम्प पीडितलाई राहत आउँदा शक्ति संघर्षका रुपमा बुझ्नुभएन”

पोखरा आएर गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुकम्प पीडितका लागि राहत आउँदा शक्ति संगर्षका रुपमा बुझ्न नहुने बताएका छन्।

पोखरा /

पोखरा आएर गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुकम्प पीडितका लागि राहत आउँदा शक्ति संगर्षका रुपमा बुझ्न नहुने बताएका छन् ।

जाजरकोट र रुकुमका भुकुम्प पीडितका लागि राहत लिएर पोखरा आएको चिनियाँ विमानका कारण पोखरा अन्तर्राष्ट्रिय विमान स्थल संचालनका विषयमा पत्रकारले सोधेको प्रश्नको जफाव दिंदै उनले भने,” सामान लिएर आएको चिनियाँ विमानका विषयमा शक्ति संघर्षको रुपमा बुझ्नु भएन ।

अन्तर्राष्ट्रिय स्तरको विमान ल्याण्ड हुन एयर स्पेस कम भएकाले पोखरा अवतरण गरिएको हो । चिनियाँ विमान पहिले पनि यहाँ अवतरण भएकाले सहज भएको हो।” उनले भुकुम्प पीडितको उद्दारको काम भइरहेको बताए । चीनबाट ४६०० बलान्केट र ६ सय टेन्ट उपलब्ध भएको जानकारी गराउदै श्रेष्ठले सरकार क्षति ग्रस्त ठाउमा पुगिरहेको उल्लेख गरे ।

पहिलो चरणमा राहत दिने र त्यसपछि पुर्नस्थापना र पुनर्निर्माणमा लाग्ने सरकारको तयारी छ । २०७२ सालको भुकम्पको अनुभव भएकाले पनि पुनर्निर्माणमा सरकार नयाँ ढङ्गले लाग्ने उनले बताए । उनले हालसालै भएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनी गुटरेसको भ्रमणले यहाँको प्राकृतिक जोखिम अवस्थाका बारेमा अन्तर्राष्ट्रिय स्तरमा जानकारी हुने र न्यूनीकरणमा मदत पुग्ने उल्लेख गरे ।

श्रेष्ठले संकटका बेला एकता बद्द हुनु नेपालीको संस्कृति भएको बताए । एकद्वार प्रणालीबाट नै राहत वितरण गर्ने तयारीका साथ सरकारले संयन्त्र बनाएको छ । उनले जिल्ला व्यवस्थापन समिति मार्फत निवार्चित एकाई बाट वितरण गरिएको बताए । चीनबाट आएको राहत सामाग्री पोखरामा राखिने र जाजरकोट र रुकुममा आवश्यक्ता अनुसार पठाइने श्रेष्ठले बताए ।

भारतबाट पनि आवश्यक्ता अनुसार राहत आएको उनले उल्लेख गरे । अन्य देशबाट पनि संकटका बेला सदायता प्राप्त भएको उनले बताए । गृहमन्त्री श्रेष्ठले खानाका लागि आहार र सुत्नका लागि ओछ्यानको अभावमा कोहि भुकम्प पीडित बस्नुनपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.