सुचना, समाचार र मनोरन्जन

आर्थिक विज्ञसहितको सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

काठमाडौँ/

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यामान राजनीति–आर्थिक सङ्कट तथा भूकम्पपछि कर्णाली प्रदेशको पुनर्निर्माण सम्बन्धमा सर्वदलीय बैठक बोलाउने भएका छन् ।

Gokarna Karki

मंगलबार १२ बुँदे पक्षधर दलहरू बैठक बोलाएका प्रधानमन्त्री प्रचण्डले आर्थिक सङ्कटको अवस्थाबारे जनतासमक्ष यथार्थ चित्रण सार्वजनिक गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले आर्थिक सङ्कट समाधान र राष्ट्रिय सङ्कल्प जारी गर्ने गरी प्रधानमन्त्रीले विज्ञसहितको सर्वदलीय बैठक बोलाउन लागेको बताइन् ।

‘प्रधानमन्त्रीले एक÷दुई दिनमा आर्थिक विज्ञसहितको सर्वदलीय बैठक बोलाउने तयारी गर्नुभएको छ । विद्यामान आर्थिक सङ्कटबारे विज्ञहरूले सुझाव दिनुहुनेछ । सोही सुझावको आधारका सङ्कट समाधानका लागि राष्ट्रिय सङ्कल्प जारी हुनेछ । जनतालाई यथार्थ चित्रण प्रस्तुत गरिन्छ’, उपाध्यक्ष भुसालले बताइन् ।

प्रमुख प्रतिपक्षी एमाले लगायत दलहरूले राजनीति, आर्थिक, जनजीविका लगायत मुद्दा सम्बोधन गर्न सरकार असफल भएको आरोप लगाइरहेको बेला उनले सर्वदलीय बैठक बोलाउन लागेका हुन् ।

Leave A Reply

Your email address will not be published.