सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा साढे ८ करोड संकलन

काठमाडौँ/

गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भयो । सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चल्यो । तर, वास्तविक राहत संकलन भने मात्र साढे ८ करोड रुपैयाँ भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । कार्यालयको पछिल्लो तथ्यांक अनुसार ८ करोड ४० लाख २६ हजार ६९७ रुपैयाँ संकलन भएको छ । कोषमा झण्डै तीन दर्जन संघसंस्था तथा व्यक्तिले सहायता दिएका छन् ।

एक करोडभन्दा माथि सहायता गर्नेमा मिनबहादुर गुरुङ (१ करोड ११ लाख ११ हजार), बुद्ध एयर ९१ करोड०, राष्ट्रिय वाणिज्य बैंक (१ करोड), ग्लोबल आईएमई बैंक ९१ करोड० र सूर्य नेपाल प्रालि (१ करोड) रहेको छ । नेपाली कांग्रेसले ५० लाख रुपैयाँ जम्मा गरेको छ ।

Leave A Reply

Your email address will not be published.