सुचना, समाचार र मनोरन्जन
Sarangi

विश्वकप क्रिकेट फाइनलमा अस्ट्रेलियाले टस जितेर बलिङ गर्दै

काठमाडौँ/

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतसँगको खेलमा अस्ट्रेलियाले टस जितेको छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले बलिङ रोजेका छन् । भारत न्युजिल्यान्डलाई हराउँदै फाइनलमा पुगेको हो । यस्तै अस्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो ।

भारत र अस्ट्रेलियाले सेमिफाइनलमा खेलेको टोलीलाई नै निरन्तरता दिएका छन् । अस्ट्रेलियाले ५ पटक उपाधि जितेको छ भने भारतले २ पटक उपाधि जितेको छ ।

Leave A Reply

Your email address will not be published.