सुचना, समाचार र मनोरन्जन

टिकटक प्रतिबन्धसम्बधी रिटमा सर्वोच्चमा आज सुनुवाइ नहुने

काठमाडौँ/

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो ।

तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.