पोखरा /
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले अर्थतन्त्र सिथिल हुँदा त्यसको प्रभाव राजश्व संकलनमा देखिएको बताएका छन् । यद्यपि,आन्तरिक राजश्व कार्यालय पोखरा भने लक्ष्य अनुसारको कर संकलनमा सफल भएको उनको भनाइ छ ।
आन्तरिक राजश्व कार्यालय पोखराको लागि चालु आर्थिक वर्ष २०८०÷०८१ मा ७ अर्ब राजश्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा कात्तिक मसान्तसम्म १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ संकलन भएको उनले जानकारी दिए ।
राष्ट्रिय कर दिवसको अवसरमा पोखरा उद्योग वाणिज्य संघ तथा आन्तरिक राजश्व कार्यालयद्धारा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले हुण्डीको अवैध कारोबारका कारण न्यूनबिजीकरणमार्फत् सामानहरु आयात हुने गरेको पनि औंल्याए । स्वच्छ, पारदर्शीर प्रविधिमैत्री कर प्रशासन ः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन भन्ने नाराका साथ आन्तरिक राजश्व कार्यालयले सप्ताहव्यापी कर सप्ताह मनाइरहेको छ ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा मूल्य अभिवृद्धि कर {भ्याट} कार्यान्वयनमा आएको स्मरण गर्दै व्यवसायीहरु प्रगतिशील र प्रविधिमैत्री कर प्रशासनको पक्षमा रहेको बताए ।
करसम्बन्धी कार्यपत्र पेश गर्दै आन्तरिक राजश्व कार्यालय पोखराका सूचना अधिकृत गोपाल गिरीले मिसम्याच,कर र विवरण दाखिलाको तौरतरिका,छुटका व्यवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै पोउवा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीेले करदातालाई दुःख दिने हैन कि सम्मान गर्नुपर्ने धारणा राखे । करदाताको पनि सामाजिक सुरक्षाको ग्यारेण्टी हुनुपर्ने उनको माग थियो ।
संघका महासचिव बलराम आचार्यले कर नीतिहरु बनाउँदा व्यवसायीहरुको सुझाव सुनिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु बालकृष्ण कोइराला, भरत केसी,लेखनाथ सुवेदी, टीकाराम सुवेदी,युवकबहादुर बस्नेत,राम कँडेल,माधव बस्ताकोटी,व्यवसायीहरु महेन्द्र पौडेल,परशुराम तिवारीलगायतले कर प्रशासनसँग सम्बन्धित विभिन्न जिज्ञासाहरु राखेका थिए ।
सामाजिक सुरक्षाकोषको सक्रियता :
सामाजिक सुरक्षा कोषका नवनियुक्त कार्यकारी निर्देशक कविराज अधिकारीले कोषले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकलाई समेट्ने प्रयास गरिएको बताएका छन् । उनले सामाजिक सुरक्षा कोषले व्यक्तिको सुरक्षा गर्ने भएकाले यो कर्मचारी सञ्चयकोषभन्दा फरक रहेको पनि बताए ।
पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै उनले कोषमा आवद्ध हुनुका फाइदाबारे व्यापक प्रचार हुन नसकेको पनि स्वीकारे ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले सामाजिक सुरक्षा कोषले आफ्ना गतिविधिहरु जनस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष सूर्यबहादुर भुजेलले कोषसँग निजी क्षेत्रले सहकार्य गर्दै आएको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले सुरक्षा कोषमा भन्झटरहीत तरिकाले आवद्ध हुने वातावरणको माग गरे । महासचिव बलराम आचार्यले अनौपचारिक क्षेत्रमा सुरक्षा कोष अझ पुग्न नसकेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उद्यमी समिति संयोजक रामकली खड्काले महिलाहरुलाई कोषमा आवद्ध हुँदाका फाइदाहरु बुझाउनुपर्ने बताइन् । सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले हालसम्म कोषमा ९ लाख ५० हजारजना श्रमिक आवद्ध भएको जानकारी गराए ।