सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

अहिलेको राष्ट्रिय कार्यभार सामाजिक र आर्थिक रुपान्तरण हो: गृहमन्त्री श्रेष्ठ

काठमाडौँ/

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित नेजा ग्रामिण उत्कृष्ट पत्रकारिता परस्कार-२०२३ पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली जनताको अपेक्षा, नेपाली समाजको आवश्यकता, सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तिब्रता प्राप्त गर्न नसकेको बताए । उनले गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी रहेकाले सबैले मिलेर काम गर्न जरुरी रहेको बताए ।

IVF Big

‘आजको राष्ट्रिय र केन्द्रीय कार्यभार भनेको नेपाली समाजको सामाजिक आर्थिक रुपान्तरण हो । आर्थिक विकास र समृद्धि हो या राजनीतिक परिवर्तन भएपछि यस क्षेत्रमा केही पनि परिवर्तन भएको छैन त ‘आर्थिक विकास र समृद्धिको क्षेत्रमा रु केही न केही भएको छ’ ’ उनले भने, ‘यो पनि त्यत्तिकै सत्य हो कि यो ऐतिहासिक परिवर्तनमा अन्तर्निहीत निर्देश, नेपाली जनताको अपेक्षा र नेपाली समाजको आजको आवश्यकता, सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तिब्रता प्राप्त गर्न सकेको छैन । गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी नै छ ।’

उनले आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तिब्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्याउनु रहेको बताए । गृहमन्त्री श्रेष्ठले भने, ‘आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तिब्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्याउनु हो ।’

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको अभियानलाई कमजोर पार्न त्यत्तिकै प्रयत्न भइरहेको बताउँदै सुशासनको अभियानलाई कमजोर पार्ने अभियान सफल हुन नदिन सबै लाग्नुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.