अर्जुन गोदार थापा /
आमा शब्द नामै काफी छ । हामीलाई आमाले दिएको माया, ममता, बिश्वास, अझ भनौ योगदान साथै हाम्रो लागि गर्नु भएको त्याग , तपस्या अनि संघर्षका ती प्रत्येक गाथाहरु सम्झिदै गर्दा मनै देखि उच्च सम्मान ब्यक्त गर्न चाहान्छु । यो जुनिमा त के युगौ युगसम्म पनि उहाँको हिसाबकिताब हामी चुक्ता गर्न सक्दैनौं । आजको यो बिशेष दिनमा आमाको वारेमा दुइचार शब्द लेख्दैछु । मलाई थाहा छ मेरा यी दुईचार थान शब्दले आमाको बारेमा लेख्न खोज्नु भनेको समुन्द्रबाट एक गिलास पानी उभाए जस्तै हो ।
संसारमा सबैभन्दा निस्वार्थ माया गर्ने आमा, सबैभन्दा पवित्र नाम आमा , यस धर्तिमा जन्म लिइ सकेपछि पहिलो पटक जपिने नाम पनि आमा , जिबनका प्रत्येक पल पलमा सम्झिने नाम पनि आमा नै हो । शास्त्रमा आमालाई पृथ्वी र धरातल सँग तुलना गरिएको पाइन्छ । एउटि आमाले आफ्नो सन्तान लाई जन्माउनको लागि गरेको तपस्या , पिडा अनि संघर्षलाई सोच्ने हो भने भयाङ्कर काहली लाग्दो हुन्छ । आफ्नो सन्तान लाई ९ महिना सम्म सुरक्षित साथ गर्भमा राखी लामो आन्तरिक संघर्ष र प्रसव पिडालाई सहन सक्ने शक्ति आमामा मात्रै हुन्छ । आमाले सन्तान जन्माउदा आफ्नो हजारौं कोसिकाहरु चुडिएको कठोर पिडालाई सन्तानको सुमधुर रुवाईको आवज एबम चिच्च्याहट मा आफ्नो सबै पिडालाई भुलिदिन्छिन। आमा भएर नै हामीले यो लोकमा सुन्दर जीवन पाएका छौ । भगवानले पनि इष्वरिय वरदान , स्वोर्गिय आनन्द , सन्तान उत्पादन गर्नका लागि आमालाई नै सुम्पिएर पठाएका होलान् । आमा सन्तान जन्माउने मात्रै नभई घरको सम्पूर्ण जिम्मेवारी समहाल्ने कुशल ब्यबस्थापक पनि हुन । आमामा हरेक कठोर पिडालाई सहन सक्ने दमदार क्षमता पनि हुन्छ ।
आमा भएर नै हामीले यो लोकमा सुन्दर जीवन पाएका छौ । भगवानले पनि इष्वरिय वरदान , स्वोर्गिय आनन्द , सन्तान उत्पादन गर्नका लागि आमालाई नै सुम्पिएर पठाएका होलान् । आमा सन्तान जन्माउने मात्रै नभई घरको सम्पूर्ण जिम्मेवारी समहाल्ने कुशल ब्यबस्थापक पनि हुन । आमामा हरेक कठोर पिडालाई सहन सक्ने दमदार क्षमता पनि हुन्छ ।
मलाई केही मेरो बिगत कोट्याउन मन लाग्यो । म सानो छँदा मेरो घरमा धेरै कुराको अभाव थियो । मुख्य अभाव त मेरो बुवा थियो । म जान्ने बुझ्ने हुनु भन्दा पहिले नै बुवाले यस धर्तीबाट बिदा लिईसक्नु भएको थियो । मेरो बुबाको भुमिकामा पनि आमा सधै अब्बल नै रहनु भयो । हामी दुई दाजुभाइ र एक दिदी गरि तीन जनालाई कहिले पनि न त आमाको अभाव हुन दिनुभयो न त बुबाको नै अभाव हुन दिनुभयो । हुन त एउटि आमाले आफ्नो सन्तानलाई जन्म दिई सके पछि पालन पोषण हुर्काउने दायित्व छदैछ तर पनि मेरो आमाको सन्दर्भमा भने परिस्थिति धेरै फरक थियो । हामी तीनै जनाको उमेर खासै धेरै भएको थिएन । अझ त्यस मध्ये पनि म सबैभन्दा कान्छो थिएँ । मेरो उमेर सानो भएर पनि होला आमालाई अझ धेरै सताउथे। दाइ , दिदि र आमाको स्मरण अनुसार म भोक लाग्दा रोइदिने, मन लाग्दा खेल्ने , सानो सानो कुरामा पनि जिद्दी गर्दै आमा लाई धेरै पिरल्ने गरेको कुरा उहाँहरु बताई रहनु हुन्छ ।
एकदिन म खेल्नको लागि मेरो साथी किरणको घर गए । उसले एउटा चक्लेट मेरो हातमा दियो र भन्यो मेरो बाबा इन्डियाबाट आउनु भकोछ । मलाई लुगा अनि चक्लेट ल्याइदिनु भएकोछ । आज नखेलौ म भ्याउदिन , भोलि खेलौला भन्दै उ घर भित्र पस्यो । म पनि चकलेट हातमा पर्न साथ खुशिले उफ्रदै घर तिर लागे । आमालाई घासको भारी सहित तगारो नेर देखे । हतारिदै आमाको पछि पछि गोठ तिर गए । भारी गोठको ठूलो छपनी माथी टेकाउन पनि भ्याउनु भएको थिएन । मैले भनि हाले आमा किरणको बाबा इन्डियाबाट आउनु भएछ । उसले मलाई मिठाइ दियो । अनि आमा हाम्रो बाबा कहिले घर आउनुहुन्छ? तर आमाले मेरो कुराको जवाफ दिन सक्नु भएन भारी राम्रो सँग पनि बिसाउनु भएको थिएन । मलाई आफु तिर तान्दै आफ्नो अङ्गालोमा मज्जाले कसेर च्याप्दै रुनु भयो । म पनि आमा सगै रोए तर आमा किन रुनुभयो मलाई थाहा भएन । मैले त्यो दिन एउटै कुरा मात्रै बुझे अब देखि बुबाको बारेमा सोध्नु हुदैन । सोध्यो भने आमा रुनु हुन्छ । मैले त्यस दिन देखि आमालाई बुवाको बारेमा सोध्ने आँट गर्न सकिन । न बुवालाई देख्न सके , न बुवाको बारेमा सजिलैसँग सोध्न सके ।
हामीलाई कुनै दिन पनि बुबाको अभाव देखाउनु भएन । आमाको मन भित्र दुखका भारी थुप्रै थिए तर पनि सधै मुस्कुराउदै हामीलाई शुख दिन खोज्नु भो । कति माहान मेरि आमा सबैलाई खुवाएर खाना सकिए पछि भाडामा पानी खनाएर आज मलाई खान मन छैन भनेर भोकै सुत्न सक्ने। यी कुराहरु सम्झिदा सार्है मन भारी भएर आउँछ । आमा पहिलो औषधि हुन । आध्यारोको दियो हुन । सन्तानको खुट्टामा काडाले घोच्दा सबैभन्दा पहिले आमाको मुटु दुख्छ ।
आमाको मनै त हो आफ्नो मनको पिडालाई भित्रै गुमसाएर मलाई फुलाउन लाग्नु भयो । हाम्रो घर नजिकै चौतारी थियो । त्यहा प्रायः बुढापाकाहरुको जमघट हुने गर्दथ्यो । उहाँहरू चिलिममा कंकट तान्दै पुराना गफ गरेर बस्नु हुन्थ्यो । त्यहाँ नाताले मेरो हजुरबुबा पर्ने दुइतिन जना पनि सँगै हुनुहुन्थ्यो । म आफ्नै सुरमा खेल्दै थिए । एकजना हजुरबुबाले भन्नु भो, यो बाबूको बाउ आज जिबितै भएको भए हाम्रो गाउँको मुहारै फेरिन्थ्यो। बानरस तिर पढेर आएको टाठो बाठो थियो । आफ्नो भन्दा पनि समाज र अरुको भलाईको लागि दिगो भएर लाग्थ्यो । आज यी बाबुहरुले पनि शुख पाउने थिए, हेर, यी टुहुरा बचेरा हुर्काउन त्यो बुहारिलाई पनि कति गार्हो छ । दैबको लिला पनि बुझ्नै नसकिने , यी कुरा मेरो कानमा ठुलै स्वारमा गुन्जियो कानको जालि नै फुट्ने गरि गुन्जियो । म त्यहाँबाट सरासर नरोकिकन दौडिदै घर गए । आज भने आमालाई सबै बुझे जस्तै गरि आँट गर्दै भने आमा हाम्रो बुवा अब कहिल्यै नफर्कने गरेर भगवानको घरमा जानुभएको रे हो ? आमा र म आज पनि फेरि उस्तै गरि रोयौ । आमा सुक्क सुक्क गर्दै मेरो टाउको मुसार्दै भन्नू भो हो बाबू तिमी अहिले सानी छौ ।
ठूलो भएपछी तिमी अल्लि कुरा बुझ्ने हुन्छौ अनि सबै भन्छु नि है आज आमाबाटै यस्तो जवाफ सुनेपछि मेरो मन बिचलित हुन पुग्यो । एक हिसाबले छागाबाट खसे जस्तै लाग्यो । एकछिन निकै अतालिए समालिन सार्है गाह्रो भयो । तर पनि एक मनले सोचे म कति अभागी रहेछु आफ्नो बुवालाई कहिल्यै देख्न पाइन अनि फेरि अर्को मनले सोचे बुवा नभएर के भो र आमा बाट पनि बुवाको माया प्रशस्तै पाएको छु । अव्राहम लिंकनले भनेका छन ू मतामयी आमाको साथमा हुने मान्छे कहिल्यै गरिव हुदैन । यो वाक्य सायद उनले मेरै लागि रचेका हुन कि जस्तो लाग्छ । मलाइ सधै आमा प्रति गौरव लाग्छ । कलिलो उमेरमा आफ्नो पति गुमाउनु परेको पिडा लाई भुलेर पनि आफ्नो सन्तानको लागि मरिमेटी दुख कष्टको कुनै प्रवाह नगरी हामिलाई हुर्काउन भयो । हामीलाई कुनै दिन पनि बुबाको अभाव देखाउनु भएन । आमाको मन भित्र दुखका भारी थुप्रै थिए तर पनि सधै मुस्कुराउदै हामीलाई शुख दिन खोज्नु भो । कति माहान मेरि आमा सबैलाई खुवाएर खाना सकिए पछि भाडामा पानी खनाएर आज मलाई खान मन छैन भनेर भोकै सुत्न सक्ने। यी कुराहरु सम्झिदा सार्है मन भारी भएर आउँछ । आमा पहिलो औषधि हुन । आध्यारोको दियो हुन । सन्तानको खुट्टामा काडाले घोच्दा सबैभन्दा पहिले आमाको मुटु दुख्छ ।
आमा बिना एकछिन पनि बस्न नसक्ने म दुई दिन भैसकेको थियो । भित्र भित्रै आमाको न्यास्रो लागेको थियो । यतिकैमा हजुरबुवाले भन्नू भो आमा भनेको आमा हुन । आमा जननी हुन । भन्नाले बुझिन हजुरबुवा के भन्न खोज्नु भएको यति भन्ने बित्तिकै यता आइज बाबु भन्दै मुसुमुसु हास्दै आफ्नो गलामा बेरेको गलबन्दी निकाल्नु भो अनि सफा सानो ढुङ्गा त्यसमा बेर्दै मेरो कम्मरमा बाध्नु भो अनि भन्नू भो जति सक्छ्स यो बोकेर हिड्नु पर्छ है ।
कुरो त्यतिबेलाको हो । मलाई मेरो उमेर यति नै भन्ने अन्दाज छैन । तर त्यस दिनको कुरा म सधै सम्झी रहन्छु । म हजुरबुबा सँगै गाई बाख्रा चराउन गएको थिए । नयाँ वारिमा ठुलो चौर थियो । गाई बाख्रा त्यहाँ मस्तै चर्ने गर्दथे । त्यहाँ चरे पछि घरमा कुडो पानी मात्रै खुवाए हुन्थ्यो बेलुकी काटेर राखेको घाँस नदिए पनि फरक पर्दैनथ्यो । दिनै मन भए थोरै मात्र दिए हुन्थ्यो । हामी चौतारीमा बस्यौ । हजुरबुबा ले सोध्नु भो बाबू आमा सन्चै छन , यतिबेला देखिएकि छैनन । कि बिमारी छन ? अस्तिबाट मामाघर जानू भको छ । आमा बिना एकछिन पनि बस्न नसक्ने म दुई दिन भैसकेको थियो । भित्र भित्रै आमाको न्यास्रो लागेको थियो । यतिकैमा हजुरबुवाले भन्नू भो आमा भनेको आमा हुन । आमा जननी हुन । भन्नाले बुझिन हजुरबुवा के भन्न खोज्नु भएको यति भन्ने बित्तिकै यता आइज बाबु भन्दै मुसुमुसु हास्दै आफ्नो गलामा बेरेको गलबन्दी निकाल्नु भो अनि सफा सानो ढुङ्गा त्यसमा बेर्दै मेरो कम्मरमा बाध्नु भो अनि भन्नू भो जति सक्छ्स यो बोकेर हिड्नु पर्छ है ।
म दुई मिनेटमा नै थाके हजुरबुबा यो खोल्दिनु गार्हो भो जाबो एतिसानो भारि आफ्नो कम्मरमा बाधेर एकछिन हिड्न सकेनस है । ल अब भन बाबु एउटि आमाले आफ्नो बच्चालाई नौ महिना सम्म आफ्नो गर्भमा यसरी नै यहि ढुङ्गा राखे जस्तै गरि बोकेर कसरी हिड्न सक्छिन होला बाबै रु एकातिर गर्भमा बच्चा अर्कोतिर घर व्यबहार सबै धान्नु पर्ने कसरी सम्भव होला । सन्सारमा जति दुख कष्ट पीडा सहेर पनि आफ्नो सन्तानको लागि सधैं लडिरहने क्षमता आमा सँग मात्रै हुन्छ । त्यसैले पनि आमा जननी हुन तैले पछि पछि बुझ्छस बाबू । भन्नू भयो । आमाले हाम्रो लागि बगाएको आँसु जम्मा हुने भए त्यो आठौं महासागर आमाकै नाम बाट बन्थ्यो होला । आफ्नो सन्तान रुदा सँगै रुने हास्दा सँगै हास्ने भनेको यो दुनियाँमा आमा मात्र हुन । आमा माहान हुन्छन् त्यसैले आमाको महत्त्वको सर्बत्र चर्चा गरिन्छ ।
आमालाई सम्बोधन गर्दै भारतका पुर्व राष्ट्रपति अब्दुल कलामले भनेका छन जिवनमा एकदिन मात्र तेस्तो दिन छ जुन दिन आफ्नो सन्तान रुदा आमा मुस्कुराउछिन, त्यस पछि त्यो दिन कहिल्यै आउदैन । आमा सन्तानको लागि पहिलो पुस्तक , पहिलो गुरु , दुखशुखको सदैब साथी हुन । आमा सँग देबि रूपी शक्ति , ज्ञान क्षमता भरपुर हुन्छ । बचपनमा बोलि नफुट्दा , इसारा केही गर्न नसक्दा पनि दुख बिमार भएको नभएको थाहा पाउने ज्ञान आमा सँग मात्रै हुन्छ ।
एउटा संयोग मानुपर्छ त्यस दिनको भोलिपल्ट मातातिर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन परेको थियो । मलाई अघिल्लो दिनको हजुरबुवाको कुरा मनमा गढी रहेको थियो । आमाको मुखहेर्ने दिनमा आमा लाई मिठा मिठा खानेकुरा खुवाउनु पर्छ । राम्रा कपडा दिएर आमाको मुख हेर्नुपर्छ । त्यो दिन आमा सदा झै आफ्नै काममा तल्लीन हुनुहुन्थ्यो । घरको भित्री काम बडार कुडार अनि लिपलाप पछि बाहिर थोरै उज्यालो भयो । खाली गाग्री डोकोमा राख्दै दिर्गाम सिमली कुवा तिर पानी लिन जानु भो । आमा उता गएपछी म पनि हतारिदै सिरानी बाट ५ रुपैयाँ झिके अनि पसल तिर लागे । त्यो पैसाले एउटा बिस्कुट,अनि बाकी रहेको पैसाले सुन्तला मिठाई किने । म तुरुन्तै घर फर्के आमा पधेरो बाट आउनु भन्दा पहिलै नै घरमा आईपुगे । चिया पकाए । सबै कुरा तयार भै सकेको थियो । आमाले मात्रै थोरै ढिलो गर्नु भयो । आमा पनि आएपुग्नु भयो । मैले आमा लाई पिढिमा डोको बिसाउन लगाए र सकि नसकी डोकोबाट गाग्री झिक्न आमालाइ सगाए । अनि पिढिमा गुन्द्री ओछ्याए आमालाई तेहि बस्दै आँखा पनि बन्द गर्नु भने अनि भित्र बाट अघि भर्खरै किनेर ल्याएको बिस्कुट , सुन्तला मिठाइँ र चिया लिएर आए । चिया भुइँमा राखेर बिस्कुट मिठाई आमाको हातमा रखिदिए,त्यसपछि आमा लाई आँखा खोल्न भने आमाले आँखा खोल्नु भो , केही बोल्न नपाउदै मैले तुरुन्तै भने ूआमा आज हजुरको मुखहेर्ने दिन हो यो मेरो तर्फबाट हजुरलाई उपहारू यति भन्न नपाउदै आमाको आँखा टिलपिल भएर बग्न थाले तर आज आमाले यसरी आँसु बगाउँदा पनि म मुसुक्क हासेर आमालाई हेरि रहे । पहिले पहिले आमाले आँसु बगाउदा मन बिचलित भएर समहलिन गाह्रो हुन्थ्यो तर आजको आँसुले मन आनन्दित बनायो । यसर्थ पनि मलाई दशै तिहार भन्दा पनि यो पर्व निकै मन पर्छ ।
आमालाई सम्बोधन गर्दै भारतका पुर्व राष्ट्रपति अब्दुल कलामले भनेका छन जिवनमा एकदिन मात्र तेस्तो दिन छ जुन दिन आफ्नो सन्तान रुदा आमा मुस्कुराउछिन, त्यस पछि त्यो दिन कहिल्यै आउदैन । आमा सन्तानको लागि पहिलो पुस्तक , पहिलो गुरु , दुखशुखको सदैब साथी हुन । आमा सँग देबि रूपी शक्ति , ज्ञान क्षमता भरपुर हुन्छ । बचपनमा बोलि नफुट्दा , इसारा केही गर्न नसक्दा पनि दुख बिमार भएको नभएको थाहा पाउने ज्ञान आमा सँग मात्रै हुन्छ । त्यति मात्रै कहाँ हो र खाना खायो खाएन कति खायो सबै थाहा पाउने पनि आमा नै हुन । पाँच वर्ष माथी पुगेपछि कस्तो खाने कुरा र कस्तो खेल्ने कुरा चाहिन्छ बुझिदिने आमा , पन्ध्र वर्ष माथी पुगेपछि नजिक गएर आमा भनेपछी कति चाहियो भनेर सोध्ने आमा , चौबीस भन्दा माथी पुगेपछि नजिक गएर आमा भनेर तल भुइ तिर हेरे पछि कस्ती छ मन पर्यो ल पख म कुरा गर्न जान्छु भन्ने आमा , बिहे पछि पनि परिपक्व हुन सिकाउने आमा । सन्तानको लागि रातदिन केही नभनी जति नै पीडा सहेर पनि आफ्नो सन्तानको लागि लडिरहने आमा । सानोमा बोल्न नसक्दा बिमार भएको अलग्गै थाहापाएर डाक्टर , बैधकोमा लैजाने आमा । आज तिनै आमा आफू बिमार हुँदा हस्पिटल लैजान त परै जाओस् एक गिलास मन तातो पानी दिने साथमा कोहि नहुदा पनि केही भएको छैन खुशी छु भन्ने आमा , धन्य होस् आमा आफ्नो सन्तानको लागि एक मुठ्ठी सास रहिन्जेल सम्म लडि रहने ।
आजको यो बिशेष दिनमा मैले भगवान् सँग प्राथना गरेर पाउने भए आमाको लामो आयु होस् भनेर माग्न चाहान्छु ।