सन्तोष बस्याल
पोखरा ।
आज भन्दा २२ वर्ष अगाडि एक युवती रेडियो छिरिन् । सायद रहरले उनलाई रेडियो छिरायो । तर आज त्यहि रहरका कारण नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष सम्मको यात्रा तय गर्यो । विमला भण्डारी पत्रकारितामा लाग्ने महिलाहरुका लागि प्रेरणा हुन् । उनले यो क्षेत्रमा ठूलो संघर्ष गरेकी छिन् ।
पोखराको पहिलो एफएम रेडियो माछापुच्छ«ेबाट महिलाको आवाज कार्यक्रमबाट सुरु भएको उनको संचारकर्मले आजसम्म निरन्तरता पाइरहेको छ । पत्रकार भनेको पुरुष मात्रै हो, समाचार लेख्ने पुरुष मात्रै हुुन्छन् भन्ने सोचमा रहेको सामाजिक परिवेशलाई चिर्दै सो क्षेत्रमा लागिन् ।
भन्छिन्, “रेडियो नेपाल सुन्दा महिला आवाज कमै सुनिन्थ्यो । यही क्षेत्रभित्रै पसेर महिलाकै लागि केही गर्न सकिन्छ भनेर पत्रकारितातर्फ मोह बढ्यो ।” सुरुवाती विन्दु उनको राजनीति थियो । पृथ्वीनारायण क्याम्पसका स्नातक अध्ययन गर्दा विद्यार्थी राजनीतिलाई आत्मसात् गरिन् । फलस्वरुप २०५४ सालमा विद्यार्थी राजनीतिबाट उनको राजनीतिले कदम चाल्यो ।
२०६१ सालमा स्ववियु निर्वाचन लडेर पृथ्वीनारायण क्याम्पसमा अत्याधिक मत ल्याउने मध्ये पर्छिन् विमला । महिला न्यायिक मञ्च, युवा फोरम लगायतका संस्थामा आबद्ध भएर नेतृत्व गर्दै अगाडि बढेकी उनको कदम विवाहपछि पनि रोकिएन । पत्रकारितामा केही गर्ने हुटहुटीले उनलाई छोडेन । निरन्तर लागिरहिन् ।
नेपाल पत्रकार महासंघ कास्कीको इतिहासलाई उल्टाउँदै पहिलो पटक महिला नेतृत्वको रुपमा उनले काम गरेकी छिन् । पत्रकारिता क्षेत्रबाट नै सन् २०२२ को इन्टरनेस्नल भिजिटर लिडरसीप प्रोग्राम (आइबिएलपी) का विषयमा अध्ययन गर्ने अवसर समेत उनलाई मिलेको छ ।
नेपालमा नै पहिलो पटक महिलाहरुले मात्र संचालन गर्ने र महिला कर्मचारी मात्र रहेको रेडियो जननीको स्थापना गरेर त्यसको नेतृत्व गर्दै पहिचान बढाउनेमा पर्छिन् विमला । माइती स्याङजा र घर पर्वत भएता पनि उनको कर्मथलो भने पोखरा बन्यो । हाल पोखरा १७ बिरौटा स्थायी रुपमा बस्दै आएकी विमलाको परिचय फराकिलो छ ।
राजनीति र पत्रकारिता क्षेत्रलाई एकैसाथ अगाडि बढाएता पनि पत्रकारितामा राजनीति नगर्ने मध्ये पर्छिन भण्डारी । पारिवारिक सहयोग, आफूभित्रको इच्छाशक्ति र समाजका लागि केही गर्ने उद्देश्वस्वरुप पत्रकारिता क्षेत्रमा सन्तुलित भावनाले उनी लागिरहेकी छिन् । नेपाल पत्रकार महासंघ कास्कीको इतिहासलाई उल्टाउँदै पहिलो पटक महिला नेतृत्वको रुपमा उनले काम गरेकी छिन् । पत्रकारिता क्षेत्रबाट नै सन् २०२२ को इन्टरनेस्नल भिजिटर लिडरसीप प्रोग्राम (आइबिएलपी) का विषयमा अध्ययन गर्ने अवसर समेत उनलाई मिलेको छ ।
पत्रकारिताले उनलाई गास, बास र कपास मात्रै दिएन समाजमा शिर उचो गरि बाच्न सिकायो । भण्डारीका अनुसार समाजमा पितृसत्तात्मक सोच अझै छ । राज्यले पनि महिलाका लागि वातावरण बनाइदिने र प्रोत्साहन गर्ने विषयमा जोड दिनुुपर्ने आवश्यकतालाई उनले औंल्याएकीछिन् ।
पत्रकारिता उनको रगरगमा छ । पत्रकारिता बिनाको जीवन सायद कल्पना समेत गर्न सक्दिनन् । त्यसैले पत्रकारिता क्षेत्रमा लागेका अनुुजलाई अफ्ठ्यारो पर्ने बित्तिकै उनको कदम सबैभन्दा पहिला अगाडि सर्छ । सामान्य परिवारमा हुर्केकी विमलाको स्टाटस आज समाजमा प्रशंसनिय छ ।
पत्रकारिता क्षेत्रमा देखिएका विकृति विसंगतिका विरुद्ध डटेर लड्ने मध्ये पर्छिन् उनी । मर्यादित पत्रकारितालाई आत्मसात् गर्दै सामाजिक रुपान्तरणमा भूमिका खेल्न सकिन्छ भन्ने विश्वास उनको छ ।
जीवन हो, चुुनौति त अवश्य छ । जसलाई चिर्दै सफलताको कदम अगाडि बढाउनुपर्ने धारणा उनको छ । भन्छिन्, “म घरकी चौथो छोरी हुँ । मलाई जन्माउँदा मेरी आमा छोरी जन्मिइन् भन्नुपर्ला भनेर राति धारामा गएर लुगा धुनुहुन्थ्यो रे । आमाले म ९ कक्षामा पढ्दा यी कुरा भन्दै छोरी तिम्रो कारणले मेरो शिर ननिहुरियोस्, तिमी अगुवा हुनुपर्छ भनेर आमाले भनेकै कारण नारीलाई निर्णायक तहमा ल्याउनुपर्छ भनेर लागिपरिहेकी छु । जबसम्म यो पूरा हुँदैन लागिरहने योजना छ । नीति बनाउने ठाउँमा पुग्न र अरूलाई पु¥याउन म संघर्षरत छु । तर परिवर्तन एक्लैले गरेर सम्भव छैन । आफूले जित्दा सँगै जित्नेहरूको संख्या बढाउनुपर्छ । त्यो गर्न सकियो भने मात्र समाज द्रुत गतिमा अघि बढ्छ । यसका लागि महिला एकता र ऐक्यबद्धता जरुरी छ ।”
भण्डारीलाई श्रीमान र दुई छोराले समेत साथ छ ।