सुचना, समाचार र मनोरन्जन

निश्चल बस्नेतलाई बच्चा जन्माउने रहर,स्वस्तिमालाई फुर्सदै छैन

काठमाडौं :

निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई बच्चा जन्माउनका लागि प्रेसर बढेको छ। अभिनेत्री स्वस्तिमा खड्कासँग विवाह बन्धनमा बाँधिएको ९ वर्ष हुँदा पनि बच्चा नभएपछि परिवारबाट प्रेसर आउन थालेको हो। नेपाली फिल्मका हिट जोडीका रुपमा परिचित स्वस्तिमा र निश्चललाई पत्रकारबाट मात्र होइन घर परिवारले समेत प्रेसर गर्न थालेको निश्चलले बताएका छन्। बिहिबार फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर रिलिज कार्यक्रममा निश्चले यो कुरा खुलाएका हुन्।

ट्रेलर रिलिज कार्यक्रममा विवाह भएको यति लामो समय भइसकेको छ। सन्तानको लागि कतिको प्रेसर आउँछ भन्ने पत्रकारको प्रश्नमा निश्चलले आइरहेको बताए। उनले भने,‘आइरहन्छ। स्पेशल्ली परिवारका सदस्य भेट्दाखेरि,रिलेटिभ भेट्दाखेरि पहिला विवाह नहुँदा जसरी कुरा आउथ्यो । अहिले पनि सन्तानको कुरा त्यसै गरि आइरहेको छ। त्यहि भएर धेरै जसो म घरमा नै बस्छु।’

उनको कुरा सुनेर अभिनेत्री खड्काले जवाफ फर्काइहालिन्। उनले निश्चलको कुरा काट्दै भनिन्,‘घर बसेर झन धेरै हुनुपर्ने छैन भन्ने प्रश्न आयो भने नि।’

दुवै जनाको रमाइलो कुराकानीले केहि बेर पत्रकारहरु रमाइलो माने। स्वस्तिमाको कुरा सुनेपछि निश्चल किन चुप बस्थेँर। उनले थप,‘त्यहिँ त,त्यहि एउटा प्रश्नको धेरै वटा उत्तर थियो क्या। जो जोले जसरी बुझ्नुहुन्छ,ठ्याक्क उक्त त्यहिँ छ।’

यहि असोज १७ गते घटस्थापनाको अवसर पारेर फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आउने तयारीमा छ। स्वस्तिमा खड्का र निश्चल बस्नेतको शीर्ष भूमिका रहेको सोसल ड्रामा फिल्म ‘बेहुली फ्रम मेघौली’मा छोरीलाई योग्य वर पाउन हुने सामाजिक सकसको कथा पेश गर्छ।

निश्चल र स्वस्तिमासहित विजय बराल, बसुन्धरा भुषाल, रक्षा थापा, लोकेन्द्र लेखक, आमिर गौतम, सिरु विष्ट, सिम्रन खड्का, शिशिर शिवाकोटी लगायतका कलाकारहरुले अभिनय गरेको यो फिल्ममा सजन काफ्ले र आकाश बरालले संयुक्तरुपमा निर्देशन र पटकथा लेखेका हुन्।
फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का र निश्चल बस्नेतले यस फिल्मलाई लगानी गरेका हुन् । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको यो फिल्मको गीत यतिबेला निकै चर्चामा छ।

Leave A Reply

Your email address will not be published.