मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुर मंगलबार पोखरा आइपुगेको छ । ट्रफीलाई पोखरा रंगशालामा हास्यकलाकार तथा पोखरा एभेन्चरर्सका ब्राण्ड एम्बेस्टर सन्दीप क्षेत्री, नेपथ्य व्यान्डका प्रमुख अमृत गुरुङ,पोखरा एभेन्चर्सका अध्यक्ष सुबोध त्रिपाठी, क्लवका खेलाडीहरु तथा पत्रकारका बीच प्रर्दशन गरिएको थियो ।

सो अवसरमा पोखरा एभेन्चरका ब्रान्ड एम्बेस्टर सन्दीप क्षेत्रीले आउदै गरेको एनपिएलको तयारीमा रहेका खेलाडीहरुलाई जीतको लागि शुभकामना व्यक्त गरेका छन । पोखरा खेल क्षेत्रको लागि उर्भर भुमी भएको बताउदै उनले आफु पोखराको नभएर पनि पोखराको गौरवशाली क्रिकेट टिमसंग जोडिन पाउँदा खुसी लागेको बताएका छन ।

त्यस्तै नेपथ्य ब्यान्डका संचालक अमृत गुरुङले ५० बर्ष अगाडिको पोखरामा खेलकुदको लागि केही पुर्वाधार नभएको स्मरण गर्दै पोखरामा बनेको रंगशालाले खेलाडी र खेलप्रेमीमा उर्जा थपेको भनाई राखे । गुरुङले नेपालको कृकेट जुन लेभलमा छ त्यो गौरब गर्न लायक अवस्थामा रहेको र अवका तयारी र खेलहरु अवर्ल्डकप जित्ने लक्ष्य सहित खेल्न आग्रह गर्दै जीतको शुभकामना समेत व्यक्त गरे ।

क्लवका अध्यक्ष सुबोध त्रिपाठीले पोख्रेलीले खेलप्रति देखाएको माया र साथको कारण आफुहरुले पोखरा एभेचर्समा लगानी गरेको बताए । नेपालको कृकेटको बिकासको लागि स्थानीय स्तरबाट पहल गर्नुपर्नेमा त्रिपाठीको जोड रहेको छ । अन्र्तराष्टिय रुपमा अव्वल खेलाडीहरु प्रतिस्पर्धामा रहेकाले गण्डकीमा क्रिकेट एकेडेमी नै खोलेर खेलाडी तयार पार्नुपर्ने हालको आवस्यकता रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । एनपिएल हेर्न र आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न उनले आग्रह गरेका छन । प्रतिकुल जलबायु परिवर्तन रोक्न क्लवले विभिन्न समयमा पहल गरेको स्मरण गराउदै सबैले आ आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरेका छन त्यस्तै एनपिएलका खेलाडीको जर्सीलाई आन्नपुर्ण बेसक्याममा गएर अनावरण गरिने जानकारी दिएका छन ।

पोखरा एभेन्चर क्लवले सडकमा भोका रहेका कुकुरहरुलाई खाना खुवाउदै आएकी झरना नेपाली र वृद्ध अवस्थामा रहेका असाहाय वुवाआमालाई आफ्नो युटुव च्यानलको माध्यमबाट सहयोग जुटाएर सहयोग गर्दै आएका सम्राट गुरुङलाई रियल लाइफ हिरोको रुपमा सम्मान समेत गरेको छ ।