काठमाडौंँ :
‘नेसनल किड्स अफ द इयर २०२४’का विजेताहरु थाइल्याण्ड उडेका छन्। नभ्नी उलक, निशान उलक, केरिङ दोङ र प्रणय मानन्धर ‘हेरिटेज प्याजेन्टस् २०२४’ मा हेरिटेज जेम्स विधामा नेपालको प्रतिनिधित्व गर्न उनीहरु शुक्रबार बिहान थाइल्याण्ड उडेका हुन्।
बैंककमा यही आउँदो नोभेम्बर ९ देखि १८ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा उनीहरुले सहभागीता जनाउदैछन्। ‘नेसनल किड्स अफ द इयर २०२४’ इभेन्ट बेटर ग्यालेक्सीकै आयोजनामा केही अगाडि सम्पन्न भएको थियो। इभेन्ट बेटर ग्यालेक्सीकैमा प्रमुख धीरज तण्डुकार हेरिटेज जेम्स विधाका लागि नेसनल डाइरेक्टरका रुपमा समेत रहेका छन्।
थाइल्याण्ड उड्नु अगाडि बालबालिकाले रक्षा मन्त्री मानवीर राईलाई भेटेका थिए । भेटमा राइले बालबालिकाहरुलाई जितको शुभकामना व्यक्त गर्दै आ–आफ्नो प्रस्तुतिबाट नेपाल र नेपालीको शान र गौरवलाई अझ उच्च बनाउन हौसला प्रदान गरेका थिए। मन्त्री राईसँंगको भेटघाटमा हेरिटेज प्याजेन्टस् २०२४ अन्तर्गत सोही प्रतियोगिताका शो निर्देशक एवं अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, नृत्य निर्देशक लिजा श्रेष्ठ इभेन्ट बेटर ग्यालेक्सीकै धीरज तण्डुकारको नेतृत्वमा थाइल्याण्ड उडेका हुन् । सहभागि बालबालिका मध्ये क्यारिङ दोङ नेसनल किड्स अफ द इयरका सिनियर तर्फका विजेता हुन्।
निशान उलक फस्ट रनर अप हुन् भने प्रणय मानन्धर जुनियर तर्फका विजेता हुन् । नभ्नी भने सिनियरतर्फका मोस्ट डिसिप्लीन उपाधि विजेता हुन्। हेरिटेज प्याजेन्टस् २०२४ मा सहभागि हुने नेपाली बालबालिकाहरुको विभिन्न प्रस्तुतिका ड्रेसहरु भने कुसम क्रिएसन, मेराकी बुटिक, ला बेला क्रिएसन, मध्यपुर डे«ेस हायर सेन्टरले तयार पारेका छन्।
ट्यालेन्ट राउन्डको लागि तयारी निर्देशक लिजा श्रेष्ठले गराएकी हुन् भने प्रतियोगिताको लागि समग्र प्रस्तुतिका लागि फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए । सहभागिहरुको फोटो तथा भिडियो सेसन मोमेन्टो स्टुडियोले सम्हालेको थियो ।