काठमाडौं :
न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने भनिएको कार्यक्रम स्थगित गरिएको छ।
नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले एक विज्ञप्ती जारी गर्दै कार्यक्रम स्थगत भएको जानकारी दिएको छ। दुतावास र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजना उक्त स्वागत कार्यक्रम आयोजना गरिएको थियो। अब प्रधानमन्त्री ओली र देउवा उक्त कार्यक्रममा सरिक नहुने भएका छन्। विज्ञप्तीमा संयुक्त राष्ट्र संघको महासभा, समिट अफ दी फ्युचर तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको नेपाली महावाणिज्यदूतावासले जानकारी दिएको छ।
प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन्। सामाजिक सञ्जालमार्फत दुवैको तिब्र आलोचना भइरहेको अवस्थामा त्यहाँको दुतावासले सुरक्षा दिन नसकेपछि अबको तयारी के छ भन्ने बारेमा समेत जानकारी प्राप्त भएको छैनन्। हिजो दिनभर सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई जुत्ता प्रहार भएको झुटो समाचार फैलिएको थियो।