काठमाडौं : पेरिस पारालिम्पिक अन्तर्गत पारा तेक्वान्दोमा कास्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोलीलाई भव्य स्वागत गरिएको छ ।
तेक्वान्दो टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदको टोली बाजागाजासहित त्रिभुवन विमानस्थलमा पुगेको थियो ।
पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कास्य पदक जितेकी थिइन् ।
फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले ‘के ४४ क्याटागोरी’ अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कास्य जितेकी हुन् ।
पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमा ओलम्पिकमा आधिकारिक पदक जित्ने पहिलो खेलाडी बन्दै उनले कीर्तिमान रचेकी थिइन् ।