काठमाडौं :
स्थानियलाई अनेक गरेर क्रान्तीकारी बन्न र समाद बदल्का उकास्ने मेघराज अर्थात पल शाहलाई नेपालगन्जका दर्शकले घेरेका छन्। आफ्नो प्रदर्शनरत फिल्म ‘पुजार सार्की’को बारेमा दर्शकसँग सात्क्षाकार गर्न पुगेका शाहलाई घेरेका हुन्।
शनिबार फिल्म प्रदर्शनको दशौँ दिनमा पनि चलिरहेको यस फिल्मका लागि शाहलाई नेपालगन्जको हल सिनेरोयल र क्यूएफएक्स पुगेका थिए। उनी फिल्म हलमा आउने जानकारी पाएपछि अधिकांश दर्शक हलमा उपस्थित भइसकेका थिए। उनीहरुले फिल्मकै कलाकारसँग हलमा बसेर फिल्म हेर्दै मजा लिएको थियो। हेरिसकेपछि नेपालगन्जको त्यो प्रचण्ड गर्मीको प्रवाह नगरी हल बाहिरै दर्शकले घेरा हालेको फिल्मका कोडिनेटर तथा पत्रकार जीवन कुमार परापुलीले जानकारी दिएका छन्।
उनका अनुसार हलहरूमा हाउसफुल दर्शकहरू रहेपछि पल दिनभर नेपालगन्जमा नै बसेर पदर्शकसँग भलाकुसारी गरेका थिए। कलाकार शाहले सिनेरोयलमा रहेको राती ९.१५ बजेको अन्तिम शो का दर्शकलाई समेत भेटेका थिए। सिनेरोयलमा प्राप्त आठ वटा शोमा मध्यान्हसम्मका सबै शो हाउसफुल भएका थिए भने मध्यान्हपछिका शोहरू पनि लगभग सबै टिकट बिक्री भइसकेको पत्रकार पराजुलीले जानकारी दिएका छन्।
हलमा पलसँगै फिल्मका निर्देशक दिनेश राउत पनि पुगेका छन्। सिनेरोयलमा आयोजित पत्रकार भेटघाटमा अभिनेता शाहले सकेसम्म नेपाल र विदेशमा रहेका सबै दर्शकमाझ पुग्ने आफ्नो चाहना रहेको बताए।
उनले भने,‘देश विदेशका दर्शकहरूबाट हामीलाई निम्तो आइरहेको छ। म भर्खरै जापान पनि पुगेर आएँ। अहिले हामी पश्चिम नेपालका दर्शक भेटिरहेका छौँ। बिस्तारै हामी अन्य स्थानहरूमा पनि पुग्नेछौँ’
कलाकार शाह, निर्देशक राउतसहितको ‘पुजार सार्की’ टिम आज आइतबार दाङको भिएफएक्स सिनेमा हल पुग्नेछ भने सोमबार धनगढीस्थित एसटिएस सिनेमा हलमा पुग्ने तालिका रहेको पत्रकार पराजुलीको भनाई छ।